कोभिड–१९ संक्रमणको साङ्लो तोड्न जिल्ला प्रशासनले थप सात दिन निषेधाज्ञा लम्ब्याएको छ । निषेधाज्ञा असार १४ गतेसम्म लम्ब्याएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितको निर्णय अनुसार निषेधाज्ञा लम्ब्याईएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जानकारी दिए ।
यो अवधीमा अत्यावश्यक सेवा खाद्यान्न, तरकारी, दुग्ध डेरी बिहान देखि ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । गोष्ठी, तालिम, पार्लर, सैलुन, रेष्टुरेन्ट, विद्यालय, पार्टी प्यालेस र जिमखाना लगायत भिडभाड हुने कार्य संचालन गर्न पाईने छैन ।
Insert your Ads code here
बैंक तथा वित्तिय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछ । जिल्लामा गत बैशाख १३ गतेदेखि निषेधाज्ञा जारी छ ।