Loading... आजः शनिबार , असार ३०, २०८१

बर्दियामा जेठ १० गते सम्मका लागि निषेधाज्ञा थप


बर्दिया,गुलरिया

बर्दिया जिल्लामा जेठ १० गते सम्मका लागि निषेधाज्ञा थप हुने भएको छ । जिल्ला कोभिड १९ संकट जोखिमन्युनिकरण, रोकथाम तथा विपद व्यवस्थापन समिति बर्दियाको भर्चुअल बैठकले बैशाख २० गतेदेखि ३१ गतेसम्म जारी निषेधाज्ञालाई जेठ १० गतेसम निरन्तरता दिन जिल्ला सुरक्षा समिति बर्दियालाई सिफारी गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा विहिबार बसेको सर्वपक्षिय भर्चुअल बैठकले कोरोना भाईरस कोभिड १९ को रोकथाममा अहिले सम्म भए गरेको कार्यको समिक्षा एव वर्तमान अवस्थाको बारेमा छलफल गरेको छ ।


भर्चुअल बैठकले कोरोना भाईरस लक्षणसंग मिल्दाजुल्दा विरामीहरुको पहिचान गरी संक्रमण प्रभावकारी रुपमा नियान्त्रण गर्नको लागि दायरा वढाउने, यसको लागि सबै स्थानिय तहहरुले स्वास्थ्य कार्यालय बर्दियासंग समन्वय गरि तत्काल ऐन्टीजेन टेष्ट किट र भि टि एम खरिद गर्ने व्यावस्था मिलाउने, बर्दिया अस्पतालमा प्रवाह भईरहेको सेवालाई निरन्तरता दिदै स्तरोन्नती सहित हाई डिपेन्डेन्सी युनिट यथाशीघ्र संचालनमा ल्याउनको लागि आवश्यक भौतीक पूर्वाधार निर्माण, आवश्यक जनशक्ति व्यवस्थापन र औषधिजन्य सामग्री आपुर्तिका लागि सवै सरोकारवाला आ–आफनो क्षेत्रबाट समन्वयात्मक रुपम तदरुक्ता दिने लगाएतका ८ ओटा निर्णय गरको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!