Loading... आजः आइतबार , बैशाख १४, २०८२

बर्दियामा जेठ ३१गते सम्म निषेधाज्ञा समय थप गरियो बिहान ८ बजे देखी ११ बजे सम्म खुल्ला रहने


बर्दिया गुलरिया
कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जेठ २० गते मध्यरातबाट थप ११ दिनका लागि निषेधाज्ञा थप गरिने भएको छ ।

२० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले पसल र वित्तीय संस्थान भने केही खुकुलो गरेको छ । जेठ मसान्तसम्म बिहान ८ बजे देखि ११ बजेसम्म बैक वित्तिय सस्थाहरु खुल्ला रहने र खाद्यान्य, फलफूल,दुधजन्य, ग्यास र दैनिक उपभोग्यका पसल सञ्चालनको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी खुल्ला हुने भएको छ ।

Insert your Ads code here

यसअघि बिहान ६ देखि ९ बजेसम्म पसल सञ्चालन भईरहेको थियो वित्तिय संस्था आइतबार, मंगलबार र बिहीबार सञ्चालन गर्न अनुमति दिइएको छ । सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसअघि पहिलो पटक वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरिएको थियो । दोस्रोपटक २० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको थियो । चौथोपटक निषेधाज्ञा बढाइए पनि कोरोना संक्रमित केही घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!