Loading... आजः मंगलबार , फाल्गुन ६, २०८१

बर्दियामा पहिलो पटक मेवा र सुन कागतीको खेती गदै यूवा उद्येमी सुरेश पन्थ


सिवा शर्मा

बर्दिया , मधुवन

बर्दिया ,  मधुवन नगरपालिका वडा न. ४ ढोढरी निवासी ४६ वर्षिय हाईड्रोपावर संचालक यूवा उद्येमी सुरेश पन्थले मधुवन नगरपालिकाको वडा न. ७ र ८ मा समावेशी कृषि फर्म प्रा.लि स्थापना गरी आटोमेशन थोपा सिचाई र मल्चिङ्ग सहितको मेवा र कागती खेती प्रविधि द्धारा ५ विघा जमिनमा ताईवान जातको रेड लेडी मेवा खेती र सुन कागती खेती गरेका छन ।  यसरी ब्यवसायिक रुपमा मेवा र सुन कागती खेती गर्ने सुरेश पन्थ बर्दिया जिल्लाको पहिलो कृषक हुन ।उनले हप्तामा १० क्यूनटल भन्दा अधिक मेवा उत्पादन गरी बर्दिया देखी काठमाण्डौसम्म आफनो उत्पादन पुराएका छन।

Insert your Ads code here

“ईच्छाले होईन, शिक्षाले खेती गरौ” भन्ने मुल मन्त्र सहित आधुनिकिकरण सहितको ब्यवसायिक कृषि पेशामा आवद्ध भएका पन्थले मेवा र कागती खेतीमा १ करोड ५० लाख लगानी लगाई सकेका छन ।त्यो लगानीको उनले मेवाको मध्यमबाट वार्षिक ८० लाख आम्दानी गर्ने लक्ष्य राखेका छन भने २ वर्ष पछि तयार हुने सुन कागतीबाट वार्षिक १ करोड ६० लाखसम्मको आम्दानीको आशा गरेका छन ।यत्रो ठुलो कृषि उत्पादनको प्रोजेक्ट संचालन गर्दा पनि संघ, प्रदेश र मधुवन नगरपालिकाबाट आफुले कुनै किसिमको आर्थिक ,प्राविधिक लगायतका कुनै पनि सहयोग नलिएको कुरा पन्थले बताए ।


मधुवन नगरपालिकाको तापक्रम र हावापानीका साथै माटो मेवा र कागती खेतीका लागि उपयुक्त रहेको र तवाईवान जातको रेड लेडी मेवा लगाएको एक वर्ष भित्र फल्ने र सुन कागती लगाएको ३ वर्ष भित्र फल्ने हुदाँ आउने दिनमा साना कृषकहरुको पनि यो खेतीमा आर्कषण बढोस भनेर मेवा खेती र कागती खेतीका लागि मधुवन नगरपालिकाको कृषि शाखाले कृषकहरुको माझ विभिन्न कार्यक्रम ल्याउने कुरा मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर के.सी ले बताए ।

गुलरिया नगरपालिकाको मुख्यबजार राधाकृष्ण चोक स्थित लामो समय देखी फलफुल ब्यवसाय गदै आएका इजाज अहमत मनिहारका अनुसार–भारतबाट आयात भएर आउने मेवा भन्दा आफनै गाँउ ठाँउमा उत्पादन ताईवान जातको रेड लेडी मेवाको बजार माग दिन प्रति दिन बढी रहेको र यसको स्वाद पनि अरु मेवा भन्दा फरक स्वादिलो रहेको र मेरो पसलमा आउने ग्राहकहरुले यही रेड लेडी मेवा खोज्न थालेको कुरा उनले बताए ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!