सोमबार, मंसिर १३, २०७८
बर्दिया । जिल्लाको गेरुवा गाउँपालिका वडा नं.–४ राजिपुर बस्ने ६० बर्षिय कालुराम थारुको पाटेबाघको आक्रमणबाट १२ गते आईतवार मृत्यु भएको छ ।
Insert your Ads code here
बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार १२ गते आईतवार साँझ ३ः४५ बजेको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्तुभाउ चराउन गएको बेला निकुञ्जबाट आएको पाटे बाघले आक्रमण गरि ज्यान लिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र र खाता जैविक मार्ग आसपासमा यस आर्थिक बर्ष २०७८/०७९ मा ३ जनाले जंगली जनावरबाट ज्यान गुमाई सकेका छन ।