बर्दियामा माछा र केरा जोनको कार्यक्षेत्र निधारण
मेनका चौधरी
बर्दिया ४ असोज
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल परियोजनाको कृयाकलाप वालीवस्तु केन्द्रित जिल्ला परियोजना कार्यान्वन तथा अनुगमन समीतिको जिल्ला स्तरीय बैठकबाट बर्दियामा केरा तथा माछा जोन सञ्चालन कार्यक्षेत्र निर्धारण र सिफारीसको विषयमा निर्णय आज गुलरियामा गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिककिरण परियोजना कार्यान्वयन म्यानुअल अनुरुप परियोजनाका कृयाकलापहरु बाली वस्तु केन्द्रित भै सञ्चालन गर्न बर्दियाका बाली वस्तुहरुको प्राथमीकता क्रममा तोक्ने वैठकले छनौट गरेको जिल्ला समवन्य समीतिको प्रमुख शंकर प्रसाद थारुले बताउनु भएको छ ।
जिल्ला स्तरीय वैठकबाट ७वटा वाली वस्तुहरु मध्ये यस आव मा प्राप्त माछा तथा केरा जोन बर्दिया जिल्लामा प्राथमीकतामा प्राप्तवाली वस्तुको रुपमा छनौट आएको प्रमुखले बताउनु भयो । परियोजना कार्यान्वयन म्यानुल २०७७ को परिच्छेदको ४को वुद्धा नम्वर ४.३.३,४.३.४,र.४.३,१०.२ख वमोजिमको प्राविधिक कार्यदलको जोनको सम्भाव्यता अध्ययनको प्रतिवेदन अनुसार उक्त विषयसँग सम्वन्धित जोन कार्यक्रम सञ्चालन का लागि कार्यक्षेत्र निधारणको निर्णय सर्वसहमतबाट भएको समन्वय समीतिको प्रमुख थारुको भनाई छ ।
बर्दियामा सातओटा पालिकामा मध्ये माछा जोनको लागी वढैयाताल,ठाकुरबाबा,बारबर्दिया,वासँगढी,गुलरिया,मधुवन रहेको छ । भने केरा जोन गुलरिया मधुवन , वासँगढीको पालीकामा कार्यक्रम लागु गर्ने विषयमा पालीकाका जनप्रतिनिधिहरुले सहसहमतबाट पास गरी परियोजना कार्यान्वय समन्वय तथा अनुगमन समीतिमा निर्णय गरि पठाउने निर्णय गरेका प्रमुखले बताउनु भयो । उक्त कार्यक्रमको कार्यसञ्चालन गर्न प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समीतिमा सिफारीस गरी पठाउने निर्णय सर्वसहमतबाट पास भएको उहाँँले जानकारी दिनुभएको हो । सो कार्यक्रममा सातवटै पालीकाका जनप्रतिनिधिहरु सहभागीरहेका थिए ।