Loading... आजः आइतबार , माघ २७, २०८१

बर्दियामा एकसाता यता वन्यजन्तुबाट २ जनाको मृत्यू १ जना घाईते


बर्दिया जेष्ठ १३
बर्दियामा एकसाता यता वन्यजन्तुका कारण २ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएको छ ।


बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १ को औराही सामुदायिक वनमा बाख्रा चराउँदै गरेका ७४ वर्षका लालबहादुर थारुलाई १२ गते बेलुकी बाघले आक्रमण गरी घाइते बनाएको हो ।
थारुको अनुहार, दाहिने खुट्टामा र कुममा चोट लागेको प्रत्यक्षदर्शी सुबिक्षा चौधरीले बताउनुभयो ।थारुले आफ्नो साथमा रहेको खुर्पाले बाघलाई हानेको र चोट लागेर बाघ जङ्गलतर्फ भागेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघले आक्रमण गर्दा अनुहार दाहिने खुट्टामा घाउ लागेका थारुको बर्दिया अस्पतालमा उपचार भइरहेको छ ।


त्यस्तै बर्दियाको गेरुवा गाउपालिका १मा १० गते राति करिब साढे १० बजे तिर बर्दियाको गेरुवा गा.पा.–१, सर्खाेलमा, आफ्नै घरमा सुतिरहेको अवस्थामा जङ्गलि हात्तीको आक्रमणबाट स्थानीय बासि बालाराम बि.क.को श्रीमती चन्द्रा बि.क. को मृत्यु हुनुका साथै उहाँको छोरीको उपचारको क्रममा मृत्यु भएको छ ।

 

 

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!