Loading... आजः शनिबार , चैत्र १, २०८१

बर्दियामा शसस्त्र प्रहरी द्वारा २३ किलो लागुपदार्थ महिला पक्राउ 


दीपकलाल श्रेष्ठ

             बर्दिया, गुलरिया, कार्तिक ५ गते।  सिमा सुरक्षाका लागि खटियकाे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेकेा शसस्त्र प्रहरि सिमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरि उपरीक्षक नरबहादुर रावतले जानकारी दिनु भयाे ।
बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतकाे सिमा सुरक्षा चेकपाेष्ट कट्टीकाे टाेलिले २३किलो ५ सय ग्राम चरेस पक्राउ गरेकाे शसस्त्र प्रहरी उपरीक्षक रावतले बताए।
सहायक प्रहरि निरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएकाे टाेलिले नेपाल भारत सिमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागुपदार्थ सहित पक्राउ गरेकाे रावतले जानकारी दिए।
 स्थानिय बुद्धि दमाईको घरमा चरेस लुकाएकाे जानकारीका अाधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगर बाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।
बरामद गरिएको लागूऔषध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको शसस्त्र प्रहरीले जनाएको छ।
निर्मलाको साथबाट शसस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि क को र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत ले जानकारी दिनु भयो।
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!