Loading... आजः मंगलबार , भाद्र २५, २०८१

बर्दियामा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो


बर्दिया राजापुर  असोज २४  

   बर्दियामा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० झम्टीमा हात्तीले आक्रमण गर्दा १ पुरुषको ज्यान गएको हो । ज्यान जानेमा राजापुर नगरपालिकाकै झण्डै ४० बर्षीय बेतन दहिल रहेको डिभिजन वन कार्यालय बर्दियाका साहायक वन अधिकृत दोण शर्माले बताउनुभयो ।

शनिबार राती क्रसर उद्योगबाट काम गरेर घर फर्किने क्रममा बाटोमा हात्तीले दहितलाई आक्रमण गरेको हो । नेपाल भारतको सिमामा ओहोरदोहोर गरिरहने हात्तीले आक्रमण गरेको साहायक वन अधिकृत शर्माले बताउनुभयो । अहिले घटनास्थलमा डिभिजन वनको टोलि पुगेर अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसअघि असार २ गते जंगली हात्तीको आक्रमणबाट बर्दियाको बाँसगढीका ७८ वर्षीय वृद्धको ज्यान गएको थियो । सामुदायिक वनमा च्याउ खोज्न जंगलतिर गएका बेला उनलाई हात्तीले आक्रमण गरी ज्यान लिएको थियो ।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ । निकुञ्ज प्रशासन र डिभिजन वनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएका छन् ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!