Loading... आजः शनिबार , श्रावण १२, २०८१

बर्दिया जिल्ला प्रशासनका सहायक प्रजिअ सहित २१ जना कर्मचारीमा कोरोना पुष्टि,


बर्दिया गुलरिया
२०७८ माघ ११
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रजिअ सहित २१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
जिल्ला प्रशासन कार्यालय बर्दियामा कार्यरत ३२ जना मध्ये २१ जनामा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले आगामी माघ १५ गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थगित गरिएको छ ।


जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पाइएको हुँदा एक सुचना मार्फत माघ १५ गते सम्मका लागी सेवा प्रवाह बन्द गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनु भएको छ । प्रशासन कार्यालयमा कार्यरत ३२ जना कर्मचारी मध्ये २१ जनामा आरडिटी परीक्षण गर्दा उनीहरु संक्रमित भेटिएको बताइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सहित २१ जना कोरोना संक्रमित भएपछि सेवा प्रवाह बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन बढेसगैँ बर्दियामा संक्रमितको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना देखिएपछि कार्यालय बन्द हुँदा सर्वसाधारण नागरिक सेवाबाट बञ्चित भएकाछन् । भारतसंग खुला सीमाना भएका कारण पनि बर्दिया कोरोनाको उच्च जोखिममा रहेको छ । बर्दियामा सोमबार एकै दिन एक सय ४२ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यता जिल्ला प्रशासन कार्यालय बाँकेमा कार्यरत कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि भोली मंगलबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएकोछ ।

 

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!