बर्दिया निकुञ्जमा रेडियो कल मार्फत पोथी पाटेवाघको अनुगमन गरिदै
मेनका चौधरी ः बाँके ,७भाद्र (रासस)
बर्दिया राष्ट्रिय निकुञ्जमा सन २०१८को तथ्याँक अनुसार ८७ वटा वस्यक पाटेबाघहरु रहेका छन् । अहिले बाघको संख्या बढेर १ सय को हाराहारी रहेको निकुञ्जले अनुमान गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा रेडियो कलरमार्फत पोथी पाटेबाघको अध्ययन र अनुसन्धान अनुगमन भइरहेको छ ।
बाघ संरक्षणको योजना बनाउन मद्दत पुग्ने उद्येश्यले पछिल्लो समय बर्दियामा भएका मानवीय आक्रमणका घटनाहरु समाधान गर्न सहज हुने योजना अनुरुप निकुञ्जमा रेडियो कल मार्फत पोथी पाटेवाघको अनुगमन गरिएको छ । बर्दियामा संरक्षित बन्यजन्तु पाटे बाघको आनीवानीलगायत आवागमन अनुगमन गर्न जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको बाघको अध्ययन सुरु गरिएको छ । निकुञ्ज भित्र ठाउँ ठाउँमा बाघहरु क्यामराहरु कैद हुने छन्। कर्णाली नदीको र बबई नदीको तटीयक्षेय भित्र बाघहरुको पानी रआहाराको पाइने उपयुक्त ठाँउहरुमा रेडियो कलर जडान गरेको छ । केही महिनाअघि निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको थियो । निकुञ्ज विभागले मन्त्रीस्तरिय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ वटा पाटेबाघ अध्ययन गर्ने अनुमति पछि पहिलो चरणमा बर्दियाको बाघमा स्याटेलाईट रेडियो कलर जडान भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनु भयो ।
पहिलो जडान गरिएको स्याटेलाइट रेडियो कलरमार्फत पहिलो बाघको अध्ययन सकिएपछि पर्फमेन्सको आधारमा अन्य बाघको पनि अध्ययन सुरु गर्छौं,हामीले पोथी बाघमा कलर जडान गरी अनुसन्धान गर्दैछौं, लगत्तै भालेबाघमा पनि स्याटेलाइट जडान गर्ने तयारी हुँदैछ,श्रेष्ठले भन्नुभयो । बाघले कसरी शिकार गर्छ । राजमार्गमा कसरी आवागमन गर्छ । सबै कुराको अध्ययन रेडियो कलरबाटै हुन्छ । उहाँले भन्नु भयो बाघमा जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्डमा पनि अनुगमन भइरहेको छ। बाघको मुभमेन्ट, कोर शिकार क्षेत्रलगायत राजमार्ग सडक खण्डमा बाघको आवागमनको अध्ययनलाई लक्षित गर्दै अनुसन्धान भइरहेको छ। राजमार्गमा कुन क्षेत्रमा बाघले बढी क्रस गर्छ हेर्दैछौं, अध्ययनपश्चात राजमार्गमा कस्तो प्रकृतिको सडक पूर्वाधारहरु बनाउँदा उचित हुन्छ, विश्लेषणसहितको रिपोर्ट निकाल्ने तयारी निकुञ्जको रहेको संरक्षण प्रमुख श्रेष्ठले बताउनु भयो । श्रेष्ठले थप भन्नुभयो कर्णाली, ववई नदी तटीय क्षेत्र मा आहारा पस्ततै छन् वडेल, चित, जरायो हरु रहेको हुदाँँ तटीय क्षेत्रमा स्याटेलाइटले दिएको सूचना अनुसार बाघ राजमार्ग लगायत आफ्नै एरियामा बसेको पाइएको छ। बाघले आधार क्षेत्र छाडेर खासै बाहिर निस्किएको देखिदैन । पोथी बाघमा कलर गरिएकाले खासै टाढा पुगेको पाइएको छैन। अब भाले बाघमा कलर जडान गरी अनुसन्धान गरिनेछ । वयस्क भाले बाघले ५० देखि २०० स्क्वायर किलोमिटर र पोथी बाघले १५ देखि ३० स्क्वायर किलोमिटरको रेञ्जमा आधारक्षेत्र बनाउँने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत रविन कडरियाले बताउनु भयो । निकुञ्जले पोथी बाघमा रेडीयो कलर जडान तथ्याँक अनुसार अनुसार सानो क्षेत्रमा बाघले आवागमन गरेको देखिन्छ । बाघमा स्याटेलाईट रेडीयो कलर जडानका लागि प्रकृति संरक्षण कोषले प्राविधिक लगायतको सहयोग उपलब्ध गराएको कडरियाको भनाई छ । बाघको आवागमन सानो क्षेत्र भएकोले बाघ बाघ विच द्धन्द्ध हुदाँ वस्यक बाघहरु मानव वस्तीमा प्रवेश गर्छन । बाघ आफु कमजोर रहेको बेलामा बाघहरु मान्छेलाई आक्रमण गर्छन । उक्त घटनाहरु नघटोस भनेर बाघको बास स्थानमामा कति वटा पोथी वाघ रहेका छन भनेर अध्ययन सुरु गरेको कडरीयाले बताउनु भयो ।