बसन्त साना किसानको छैठौ औं बार्षिक साधारण सभा सम्पन्न
पुष २ / राजापुर
बसन्त साना किसान कृषि सहकारी सस्था लि राजापुर नगरपालिका ५ बदालपुरको छैठौ बार्षिक साधारण सभा गत बिहीवार बदालपुरमा सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष प्रतिमा चौधरीको सभापत्तिवमा भएको कार्यक्रमका प्रमुख अतिथी राजापुरनगरपालिका उपप्रमुख मनकला कुमारी चौधरी, विशेष अतिथी राजापुरनगरपालिका आर्थिक बिकास शाखाका प्रमुख शोभा पौडेल , दिदी बहीनी साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष सावित्री पुरी रहनु भएको थियो ।
प्रमुख अतिथी उप प्रमुख मनकला कुमारी चौधरीले जुन क्षेत्रमा महिलाहरुले नेतृत्व गरेको छ त्यस क्षेत्र सफल हुदै बताउदै, सहकारीले महिलाहरुलाई आर्थिकरुपमा मात्र नभई समाजिक लगायत बिभिन्न क्षेत्रमा अगाडी बढाउन मद्दत गरेको बताउनु भयो । महिलाहरुको जिव स्तर सुधारका लागि महिलाहरुद्धारा संचालित साना किसान कृषि सहकारीहरुले खेलेको भूमिका अतिनै राम्रो रहेको बताउदै ,उप प्रमुख चौधरीले अब राजापुर नगरपालिका भित्र रहेका ५० वटा सहकारीलाई मर्ज गरी १ वडा १ सहकारी बनाउन सके सहकारीका सदस्यहरुलाई धेरै फाईदा हुने बताउनु भयो ।
विशेष अतिथी आर्थिक बिकास शाखाका प्रमुख शोभा पौडेलले सहकारीमा आफुले तिरेको ब्याज आफैलाई नै आउने भएकोले आफैलाई फाईदा हुने बताउदै सहकारीका कारण आज महिला दिदीबहीनीहरुलाई कृषि पश्ुपालन गरी आयआर्जनमा तर्फ बढी रहेकोले समुदायमा साना किसान कृषि सहकारीले धेरै राम्रो काम गरीरहेको बताउनु भयो ।
बिशेष अतिथी दिदी बहीनी साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष सावित्री पुरी
छोटो समयमै बसन्त साना किसान कृषि सहकारीले गरेको प्रगती प्रति शुभ कामना व्यक्त गदै यस बर्ष कोभिड १९ महामारीका कारण ठूलो सभा गर्न नसकीएको बताउदै सहकारीको वास्तविक मालीक नै सेयर सदस्यहरु भएकोले बताउनु भयो ।
वहाँले सहकारीमा दिदी बहीनीहरुको थोपाथोपाको रकमहरुबाट संचालन भई आज देशभर मै दिदी बहीनीहरुको जिवनस्तर सुधारमा टेवा पुगेको दिदीबहीनीहरुले पनि राम्रो काम गर्न सक्छ भन्ने उद्दारणीयरुपमा प्रस्तुत हुदै गइरहेको बताउनु भयो ।
सस्थाका अध्यक्ष प्रतिमा चौधरीले सम्पुर्ण सदस्य तथा उपस्थित अतिथीहरुमा धन्यवाद ज्ञापन गदै सबै सदस्यहरुको सहयोगले गर्दा आज यो सस्था प्रगती तर्फ लम्कीरहेको बताउदै,यस सस्थाले सहकारीको निती नियम कानुनलाई पालना गदै अगाडी बढी रहेको बताउनु भयो ।
अध्यक्ष चौधरीले आ.ब. २०७६/०७७ मा कुल ऋण लगानी ९ करोड १० लाख ३ हजार ७ सय ९० रुपैया कुल सावा असुली रु ६ करोड ३९ लाख ६हजार८ सय ५६रुपैया, कुल व्याज असुली रु १ करोड २२ लाख २६ हजार २ सय ६७ रुपैया र बर्षको अन्यत्यमा सस्थाको सदस्यहरुमा लगानी रहि रहेको ऋण रु १० करोड ३१ लाख ११ हजार निक्षेप संकलन तर्फ विभिन्न बचतखाताहरुबाट रु १ करोड ८४ लाख ३७ हजार ४ सय १३ रुपैया , निक्षेप सङ्कलन तर्फ विभिन्न बचत खाताहरुमा रु २ करोड ३७ लाख २८ हजार ३ सय २० रुपैया, सकलन रु १ करोड ६० लाख ५३ हजार ७ सय ५८रुपैया, फिर्ता गरी बर्षको अन्त्यमा रु ३ करोड १९ हजार लाख ७६ हजार ८ सय १७ रुपैया जानकारी दिनु भयो ।
प्रबन्धक माया कुमारी बोहोरा क्षेत्रीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुतगदै २०७६ /०७७ को अन्त्य सम्म भाका नाघेको ऋण शुन्य रहेको जानकारी दिनु हुदै २०६७ कातिक देखी २०७७ कातिक सम्म कुल समूह सख्या १४१, जम्मा सदस्य सख्या ७९२,महिला सदस्य सख्या ७९२,ऋणी सदस्य सख्या ४९६,मासिक व्याजबुझाउने ऋणी सख्या ४५०,बैक मौज्दात रु ३०,२६,०००। नगद मौज्दात रु ४,१८,०००। शेयर रकम रु १,१३,९०,०००। कुल निक्षेप रकम रु ३,४०,१३,०००। जगेडा कोष ४९,६५,००० । जम्मा ऋण लगानी ३,३६,९०,०००। जम्मा सावा असुली रु २,५१,६४,०००। व्याज असुली ४६,५१,०००। मासुजन्य कर्जा ३,०६,२०,०००। लगानी रहित रहेको रकम रु ११, ४८,६३,०००। बिना धितोको मात्र लरर १,५३,१६,०००। भाका नाघेको रकम शुन्य, पाउनुपर्ने व्याज शुन्य, ऋणजोखीमकोष १०,५२,०००।,तिर्नुपर्ने रकम ७,११,४०,०००।,आन्तरीक श्रोत ४,४७,६८,०००।जम्मा आम्दानी ४९,५१,०००। जम्माखर्च रु २६,०४,०००। नाफा रकम रु २३,७८,०००। कुल सम्पत्ति १२, ४९,५५,०००।बाँकी पैस्की रु ३०२९,०००।भुक्तानी दिनु पर्ने रकम रु १७,०००। रहेको जानकारी दिनु भयो ।
सभामा भागिरथी चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
तपाइँकाे प्रतिक्रिया
