Loading... आजः शनिबार , श्रावण १२, २०८१

बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न


बर्दिया/राजापुर

राजापुर बर्दियाको राजापुर ५ बदालपुर मा रहेको बसन्त साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाको ९औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आशनबाट संबोधन गर्दै प्रदेश सांसद तथा नेपाली काङ्ग्रेश लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले स्थानीय तहका जनताको आर्थिक विकासका लागि संस्थाले स्थानीय सरकार, प्रदेश सरकारसँग सेतुका रुपमा काम गर्नु पर्ने वताउनु भयो ।

Insert your Ads code here

स्थानयि तह वनाउन वाहिर देशबाट कोही नआउने यहाँकै नेतृत्वले गर्ने भएकाले पनि नेतृत्वसँग आशा गर्नु स्वभाविक रहेको उहाँको भनाई छ । पछिल्लो समय हरेक घरबाट विदेश जाने लहर र विदेशी भूमिमा ज्यान गुमाउने युवाहरुलाई स्मरण गर्दै राज्यले रेमिट्न्यान्सको आशा मात्रै गर्नु भन्दा कुन तहका कस्ता मान्छे विदेशिदै छन् यसको अनुसन्धान गर्दै उनिहरुको आर्थिक उपाजन हुने योजना बनाउनु पर्ने वताउनु भयो । प्रमुख अतिथि तिमिल्सेनाले अरुले जस्तो झुटो बोल्दै नहिड्ने र बोलेको प्रतिबद्धता पुरा गर्ने भन्दै संस्थाको अधुरो भवन पुरा गर्न सक्दो सहयोग गर्ने जनाउनु भयो ।

कार्यक्रमका विशेष अतिथि साना किसान सहकारीका जन्मदाता तथा नेपाल कृषि केन्द्रीय संघका उपाध्यक्ष पूर्ण शर्माले संहकारी स्थापना गर्दा असफल हुने भन्नेहरुका अगाडि संस्थाले गरेको प्रगति र उल्लेख्य सदस्य संख्या देख्दा खुशी लागेको वताउनु भयो । पछि स्थापना भएर पनि यस क्षेत्रकै माउ सहकारी बन्न सफल भएकोमा संञ्चालक टिमलाई विशेष धन्यवाद दिदै साना किसान सहकारीले सदस्यका सन्तानलाई रोजगारी र सीप विकासका लागि ३ हजार ५ सय युवालाई इजरायल पठाएको बताउनु भयो । नगरपलिकालाई प्रत्येक महिनामा सहकारीले आयव्ययको प्रगति विवरण बुझाए पनि अनुगमनको पाटो फितलो देखिएकाले अनिवार्य रुपमा अनुगमन गर्दै सबैलाई अपनत्वको भावना देखाउनु पर्ने सुझाव दिदै संस्थाको अधुरो भवन पुरा गर्न ५लाख दिने समेत बताउनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि तथा वडा नं. ५ का वडाध्यक्ष रमेश चौधरीले लघुवित्त र सहकारीलाई समान रुपले हेर्ने हुदाँ यसको भिन्नता शेयर धनी र सदस्यहरुमा बुझाउन आवश्यक रहेको वताउनु भयो ।

सहकारीमा सहभागि हुनु पहिलेको सदस्यको अवस्था र त्यस पछिको अवस्थामा मूल्यङ्कन गर्नु पर्ने भन्दै वडाले लक्षित वर्ग अन्तर्गत कृषि र पशुपालन कार्यक्रम वनाएको र सहकारीसँग पनि यस्तै कार्यक्रम रहेकाले सहकारीले सहकार्य गरेर अगाडि बड्नु पर्ने वताउदै वडाध्यक्ष चौधरीले संस्थाको बिकासको लागी वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

९ औ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगति प्रतिवेदनमा कुन सदस्य संख्या ८८५, कुल समूह संख्या १६५ र संस्थाको चुक्ता शेयर पूँजी १ करोड ९३ लाख ४१ हजार ४ सय र कुल बचत ६ करोड ३९ लाख ३७ हजार ३ सय ६८ रुपैया ३८ पैसा रहेको र संस्थाले २४ करोड ५१ हजार ७७ रुपैया लगानी गरेको अध्यक्ष तथा कार्यक्रmमका सभापति प्रतिमा चौधरीले वताउनु भयो ।

विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधको सहभागिता रहेको साधारण सभाको सञ्चालन संस्थाकी प्रवन्धक माया वोहराले गर्नु भएको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!