Loading... आजः आइतबार , जेठ ५, २०८२

बसन्त साना किसान कृषी सहकारी सस्था लिद्धारा बिमा वाफल ३ लाख भुक्तानी


बर्दिया / बदालपुर
बसन्त साना किसान कृषि सहकारी सस्था राजापुर नपा ५ बदालपुरका सदस्य स्व  भिम बहादुर थारुका परिवारलाई विमा वाफतको रु ३ लाख अध्यक्ष प्रतिमा चौधरी प्रदान गर्नु भएकोछ ।


बसन्त साना किसान कृषी सहकारीले समूह न १३७ का सदस्य सिला थारुको २०८१ माघ २० गते सहकारी मार्फत सानीमा रिलायन्स लाईफ ईन्सुरेन्स लिमा साना किसान सदस्य म्यादी विमा योजना अन्तगत रु ८५०० तिरी रु ३ लाखको विमा गरीएको थियो ।

add

Insert your Ads code here


समूह अनुगमन तथा बिमा रकम भुक्तानीको क्रममा अध्यक्ष प्रतिमा चौधरीले विमा गरेर आफू र आफ्नो परिवार लाई पनि राहत प्रदान हुने भएकोले सबै सदश्यहरुले अनिवार्यरुपमा बिमा गर्न जरुरी रहेको,आजले शिला थारुले बिमा गर्दा श्रीमान मृत्यु भएपछि विमाको रकमबाट लिएको रकमहरु तिर्न सहज भएको बताउनु भयो ।


वहाँले सहकारीलाई तिर्नु पर्ने रकम समयमै तिर्न र तपाईहरुले तिर्नु पर्ने रकममा केही समस्या भए कार्यालयमा सम्र्पक राखी समाधान गर्न सदश्यहरुमा अनुरोध गर्नु भएको थियो ।


स्व भिम बहादुर थारु २०८१ फागुन ०५ गते मृत्यू हुनु भए पछी उनका श्रीमती शिला थारुलाई विमा वाफत को भुक्तानी प्रदान गरेको बसन्त साना किसान कृषी सहकारी का प्रबन्धक माया कुमारी बोहरा क्षेत्री चौधरीले बताउँदै वसन्त साना किसान कृषी सहकारी सस्था लिमा ९२५ सदश्यहरु मध्ये २० जनाले रु १५ लाख बराबर र करीब ६०० जना जतिले रु ३ लाख बराबरको बिमा गरेको र हाल सम्म २ जनाले बिमा वाफतको भुक्तानी पाइसकेको १ जनाको प्रक्रियामा रहेको बताउनु भयो ।


प्रबन्धक माया कुमारी बोहरा क्षेत्री चौधरी तपाईहरुलाई के तालिमको आवश्यकता छ त्यो माग गरी दिएपछि सस्थाले निति नियम बनाउँदा सहज हुने बताउनु भयो ।
राजापुर न.पा. ५ बदालपुर निवासी स्व भिम बहादुर थारुका श्रीमती सिला थारुले बिमा गर्दा आज ऋण तिर्न सहज भएकोले सबैले अनिवार्यरुपमा बिमा गर्न जरुरी रहेको बताउँदै बिमा नगरेको भए मलाई ऋण तिर्न धेरै अप्ठेरो हुने थियो बताए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!