Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बसन्त साना किसान सहकारी सँस्था लिमिटेडको सातौ बार्षिक साधारण सभा सम्पन्न


समृद्धि नेपाल सुखी नेपाली नारालाई साकार बनाउन सहकारीको ठूलो भुमिका रहेकोे ः राजापुर नगर प्रमुख चौधरी
बर्दिया राजापुर
राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले समृद्धि नेपाल सुखी नेपाली राष्ट्रिय नारालाई साकार बनाउन सहकारीहरुको ठूलो भुमिका रहेको राजापुर नगरपालिका नगर प्रमुख शिब प्रसाद चौधरीले बताउनु भएको छ ।

राजापुर नगरपालिका वडा नं ५ मा रहेको बसन्त साना किसान सहकारी सँस्था लिमिटेडको सातौ बार्षिक साधारण सभाका प्रमुख अतिथीको रुपमा बोल्दै प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।

Insert your Ads code here

यस सहकारीको बार्षिक प्रतिवेदन अनुसार धेरै राम्रो काम गरेको प्रगती प्रतिवेदनले जनाएको बताउदै नगरप्रमुख चौधरी आज यस सहकारीले १९ करोड भन्दा बढीको कारोवार गर्न सफल भएकोमा सम्पुर्ण सहकारीका पदाधिकारी तथा शेयर सदस्यज्युहरुमा हार्दिक धन्यवाद दिदै राजापुर नगरपालिका वडा नं ५ले सहकारीको भवन निर्माणका लागि वडाबाट ५ लाख रुपैया भवन निर्माणका लागि छुट्टाएको, सहकारीहरुले इमान्दारीता पूर्वक काम गर्न सके नगरपालिका सहयोग गर्न तत्पर रहेको बताउनु भयोे ।

कार्यक्रममा बोल्दै नेपाल केन्द्रिय कृषि सहकारी संघका संचालक सदस्य पुर्ण शर्मा विगतका दिनलाई स्मरण गराउदै विगतमा सहकारी खोल्न आउदा धेरैले टिकाटिप्पनी गरेको त्यती खेर ५ हजार ऋण दिनबाट दिनबाट सुरु गरेको सहकारीले आज १५ लाख ऋण दिन सक्ने भएको र त्यसमा थप हामीले उद्यमी बनाउन तपाईहरुलाई ५० लाख सम्म ऋण दिने अब पैसा मात्र दिने होइन व्यवसाय तालिम दिई स्वरोगार बनाउने बताउनु भयो ।

बर्दिया उद्योग बाणिज्य संधका अध्यक्ष कृष्ण कुमार रेग्मीले घरको चुला चौकामा मात्र सिमित दिदी बहिनीहरुलाई सहकारीले एकैथलोमा राखेर अगाडी बढाउने काम गरेको बताउदै विगतका दिनमा सानो का गर्नु पर्दा व्यापारी संग हात फैलाउनु पर्ने अवस्थालाई सहकारी ले अन्त्य गरेको बताउनु भयो ।

दिदी वहीनी साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष साबित्री पुरी घरघरमा राखेको सानो सानो रकमअहिले १९ करोड भइसकेकोमा खुसी व्यक्त गदै सस्तो व्याजदरमा ऋण लगेर व्यवसायी बन्न अनुरोध गर्नु भएको छ ।

फराकिलो धर्ति नेपालका अध्यक्ष रमेश चौधरीले सहकारी कै कारण आज साना साना किसानहरु साहु महाजनबाट मुक्त भएको बताउदै सहकारी कै कारण धेरै सदस्यहरुले प्रगती गरेको बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं ५ मा रहेको बसन्त साना किसान कृषि सहकारी सँस्था लिमिटेडले स्थापना भएको ७ बर्षमा आव. २०७७/ ०७८को यथार्थ आय व्यय अनुसार रु १८ करोड ३लाख ६१ हजार ३५५ रुपैयाको कारोवार गरेको छ । १ सय ४७ समुह भित्रका कुल ८ सय १४ सदस्यहरु माझ सकृय सहकारी सँस्थाले आर्थिक बर्ष ०७८/०७९ को मद्य सम्ममा १९ करोड ३६ लाख ५९ हजार रुपैया कुल सम्पती भएको जनाएको छ । सातौ बार्षिक साधारण सभामा आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सँस्थाका अध्यक्ष प्रतिमा चौधरीले आर्थिक बर्ष ०७७/०७८ मा भाका नागेको र पाउनुपर्ने व्याज सुन्यमा झारेको बताउनुभयो ।


बिभिन्न १२ प्रकारका बचतहरु मार्फत मौज्दात रकम संकलन गरिरहेको सँस्थाले रसायानीक मल, उन्नत बिउ बितरण, पशु सुरक्षण कार्यक्रम आइएमई रेमिट सेवा, सामाजिक कार्यहरु, कृषी प्रशिक्षार्थी तालिम, अन्तर सँस्थान अवलोकन भ्रमण लगायतका कार्यक्रम समेतगर्दै आइरहेको छ ।
आर्थिक बर्ष ०७८÷०७९ मा १ हजार ३ सदस्य संख्या पु¥याउने लक्ष्य राखेको सँस्थाले २३ करोड रुपैया लगानी गर्ने प्रस्ताव ल्याएको छ भने यस आवमा २ करोड ९४ लाख ३८ हजार ४ सय रुपैया आम्दानी गर्ने लक्ष्य राखेको छ ।
चालु आर्थिक बर्षमा सँस्थाले अन्तर सँस्थान भ्रमण, अन्तर समुह गोष्ठी, अनिवार्य पशुबिमा सदस्यहरुलाई बिभिन्न तालिम लगायतका कार्यहरु प्रतावित गरेको बसन्त सानाकिसान सहकारी सँस्थाले व्यवशाय गर्ने सदस्यहरुलाई अधिकतम १५ लाख रुपैया ऋण लगानी गर्ने जनाएको छ । यसै आर्थिक बर्षमा सहकारीका नाममा रहेको १३ कठ्ठा १० धुर जग्गा जोड्नुका साथै यसै आवमा भवन निमार्ण सम्पन्न गर्ने जनाएको छ । साथै भवन निमार्णकालागी वडा नं ५ कार्यालयले ५ लाख रुपैया समेत सहयोग गरेको छ ।


९ प्रतिषत व्याज दरमा ऋण सहुलियत दिइरहेको सँस्थाका अध्यक्ष प्रतिमा चौधरीले बताउनु भएको हो ।
सभाले अध्यक्षमा प्रतिमा चौधरी, उपाध्यक्ष मनु रेग्मी, सदस्यहरुमा सुन्दरी थरुनी , पार्वती चौधरी, विमला थारु,कान्छी चौधरी, दुरमत थारु, लक्ष्मी कुमारी थरुनी, रिता न्यौपाने र लेखा संयोजक लाहानी चौधरी, लक्ष्मी चौधरी, भगवती चौधरीलाई सर्व सहमतीबाट चयन गरेको छ ।


प्रबन्धक माया कुमारी बोहरा क्षेत्री संचालन गर्नु भएको कार्यक्रममा सभापति सस्थाका अध्यक्ष प्रमिता चौधरी प्रमुख अतिथी राजापुर नगरपालिका का नगरप्रमुख शिब प्रसाद चौधरी विशिष्ठ अतिथी राजापुर नगरपालिका वडा नं ५ का अध्यक्ष राम वहादुर चौधरी, नेपाल केन्द्रिय कृषि सहकारी संघका संचालक सदस्य पुर्ण शर्मा जिल्ला साना किसान संघका पुर्व अध्यक्ष डिलाराम जैसी, जिल्ला साना किसान संघका अध्यक्ष हरी अधिकारी, जिल्ला साना किसान संघका सचिब डम्बर केसी लगायत स्थानिय समाजसेबी बिभिन्न सहकारी सँस्थाका प्रतिनीधी संचारकर्मी सँस्थाका सदस्यहरु सहभागि थिए ।

 

बसन्त साना किसान

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!