Loading... आजः मंगलबार , आश्विन १, २०८१

बस्ती स्थानान्तरण तथा पुर्नस्थापना सम्बन्धी कार्यढाँचाको मस्यौदा माथि छलफल


बर्दिया राजापुर

राजापुर नगरपालिकामा बिहीबार जोखीम युक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना सम्बन्धी कार्यढाँचाको मस्यौदा माथि छलफल कार्यक्रम गरिएको छ ।
राजापुर नगरपालिकाका नगर उप प्रमुख मनकला कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा राजापुर नगरपालिका बाढीको उच्च जोखीममा रहेकोले जोखीम युक्त बस्ती स्थानान्तरण तथा पुर्न स्थापनाका लागि तयार पारीएको ड्राप्ट माथि छलफल गरिएको थियो ।


संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाण्डौ राजापुर नगरपालिका का सहकार्यमा यू.एस.ए.आइ.डीको सहयोगमा तयार नेपालद्धारा जिईओका डा नारारण बहादुर थापाले बस्ती स्थानान्तरण तथा पुर्नस्थापना सम्बन्धी कार्यढाँचाको मस्यौदाको ड्राप्ट प्रस्तुत गदै सहजिकरण गर्न भएको कार्यक्रममा अब जोखीम युक्त बस्तीको वारेमा प्रस्तुत गरिएको ड्राप्टको सुझाव संकलन गरिएको थियो ।
छलफल कार्यक्रममा राजापुर नगरपालिकाका प्रशासन शाखाका प्रमुख खड्क बहादुर ओलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, राजापुर नगरपालिका वडा नं ५का अध्यक्ष राम बहादुर चौधरी, वडा नं ८का अध्यक्ष चिन्तामणी आर्चाय, तयार नेपालका लोक नारायण पौडेल ईन्जिनीयर शाखाका प्रमुख सरिता चन्द तथा प्राबिधिकहरु पत्रकार , जिईओका त्रिवेन्द्रराज बास्कोटा, दिपक चौलागाई हेलेन उपाध्याय लगायतको उपस्थित रहेको थियो ।

Insert your Ads code here

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!