Loading... आजः शनिबार , माघ ५, २०८१

बहराइनका राजकुमार सहित १८ जनाको टोली हिमाल आरोहणका गर्ने नेपाल आउँदै


बहराइनका राजकुमार नासिर बिन हमाद अल खालिफा करिब दुई महिनाको लागि नेपाल आउँदै हुनुहुन्छ। बहराइनको सेनाको कमाण्डर समेत रहेका राजकुमार १८ जनाको टोलीको नेतृत्व गरी हिमाल आरोहणका लागि नेपाल आउन लागेको नेपालखबर अनलाइनमा खबर छ।

कोभिड १९ को कारण केही महिनायता हिमाल आरोहणमा रोक लगाइएको भएपनि पर्यटन विभागले केही दिनअघि ६ जनाको विदेशी टोलीलाई माउन्ट वरुण आरोहणको अनुमति दिएको थियो। त्यसअघि नै पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्तावमा मन्त्रीपरिषदले रोयल गार्ड बहराइनको टिमलाई चार्टर्ड उडान गरी नेपाल आउन अनुमति दिइसकेको छ।

हिमाल आरोहण गर्ने रोयल गार्ड बहराइनको टोलीको नेपालमा स्थानीय एजेन्सी सेभेन समिट ट्रेकर्स हो। जसको अध्यक्ष विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमाल चढ्ने पहिलो नेपाली मिङ्मा शेर्पा हुन्। शेर्पाका अनुसार राजकुमारको टोली नेपालमा सेप्टेम्बर १६ अर्थात् यही भदौ ३१ मा आउनेछ। अहिले कोभिड १९ को संक्रमको बेला विदेशबाट नेपाल आउनेले स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गरेरै हिमाल आरोहण गर्नेछन्। उनीहरुले ८ हजार एक सय ६३ मिटर उचाइको मनास्लु र ६ हजार एक सय १९ मिटरको लोबुचे हिमाल आरोहण गर्नेछन्। जसमा नेपालका उत्कृष्ट गाइडले उनीहरुलाई सहयोग गर्नेछन्।

Insert your Ads code here

नासिरको टोली राजघरको र सैनिक आरोहण दल भएकाले सरकारी खर्चमै नेपाल आउनलागेका हुन्। १८ जनामध्ये ३ जना बेलायती नागरिक हुन् जो रोयल गार्डकै सदस्य रहेको बताइएको छ।

वसन्त ऋतुमा नियमित जहाजमै आउने योजना बनाएका थिए तर कोभिड १९ को कारण त्यो बेला आउनसकेनन्, अहिले जहाज चार्टर्ड गरेर नेपाल आउनलागेका हुन्’, शेर्पाले भन्नुभयो, ‘सुरुमा काठमाडौं आएर केही दिन बसेपछि पहिला लोबुचे हिमाल चढ्छन्। त्यसपछि मनास्लु चढ्छन्।’

काठमाडौं आएपछि यो टोली एक हप्ता क्वारेन्टिनमा बस्नेछ, त्यसपछि हेलिकोप्टरमा खुम्बु हुँदै मनास्लु वेश क्याम्प जानेछ। बहराइनका राजकुमारको यो सैनिक टोली पहिलोपटक नेपाली हिमाल चढ्न लागेको हो। उनीहरुले बहराइनको झण्डा नेपालको सगरमाथामा फहराउने योजना बनाएका छन्।

नेपालमा हिमाल आरोहण गर्ने एउटा टिमलाई बहराइन रोयल गार्डका कमाण्डर तथा बहराइन ओलम्पिक कमिटीका अध्यक्ष नासिर विन हमाद अल खालिफाले विदाइ गरिसकेको जनाइएको छ।

नासिरले नेपाल आउने टिमलाई विदाइ गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘रोयल गार्डको एलिट टिमलाई हिमाल आरोहणका लागि विदाइ! उनीहरुले बहराइनको झण्डा र रोयल गार्डको ब्यानर सगरमाथाको शिखरमा फहराउने मिसन पूरा गर्नेछन्। मिसनको पहिलो चरणमा केही आरोहण अहिले र अर्को वर्ष सगरमाथा शिखरसम्म पुग्नेछन्।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!