Loading... आजः शनिबार , असार ३०, २०८१

बाँकेमा क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु, मृत्युको कारण खुल्न सकेको छैन


बाँके जिल्लाको नरैनापुर गाउँपालिकास्थित स्थानीय क्वारेन्टाइनमा बसेका एक युवकको आईतबार (आज) निधन भएकोछ। भारतको मुम्बईबाट घर फर्किएका २५ वर्षिय ती युवकलाई वैशाख ३० गते गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो।

भारतकाे मुम्बईबाट आएकाे हुनाले ती युवकलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा क्वारेन्टाइनमा राखिएकाेे भए पनि यसअघि कुनैपनि लक्षण देखिएको थिएन। शनिबार साँझसम्म कुनै लक्षण नदेखिएकाेे भनिएका ती युवक आईतबार बिहान एक्कासी निधन भएको छ। नरैनापुर गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख महिम खाँका अनुसार उनको मृत्युको कारण अहिलेसम्म पत्ता लागेको छैन।

ती युवकको स्वाब हिजो शनिबार श्वाव संकलन गरि परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल पठाइसकिएकाे थियो। तर, आईतबार बिहान ती युवकको मृत्यु हुनेबेलासम्म उक्त स्वाबको परीक्षण रिपोर्ट आइसकेको छैन। रिपोर्ट नअाइसकेकाेले के कारणबाट उनको मृत्यु भएको हो, खुल्न सकेको छैन।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!