Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाके-बर्दियालाई भावनात्मक रूपमा जोड्ने साईक्लिङ्ग अभियान


नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा गतबर्ष २०७५ बाट नेपालगन्जको नयाँ परिचय स्थापित गर्ने र साइक्लिङ्गका माध्यमबाट देश-बिदेशका मानिसहरूलाई बाके, बर्दिया भित्र्याउने लक्ष्य सहित शुरु गरिएको “टुर डे ठाकुरद्वारा” को दोश्रो सस्करणको अन्तिम तयारी पुरा गरिएकाे जानकारी दिन प्रेस नाेट जारी गरेको छ।

नेपालगन्ज साइक्लिङ्ग क्लबको प्रेस नोट

नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा गतबर्ष २०७५ बाट नेपालगन्जको नयाँ परिचय स्थापित गर्ने र साइक्लिङ्ग का माध्यमबाट देश-बिदेशका मानिसहरूलाई बाके, बर्दिया भित्र्याउने लक्ष्य सहित शुरु गरिएको “टुर डे ठाकुरद्वारा” को दोश्रो सस्करणको अन्तिम तयारी पुरा गरि अहिले नेपालगन्जका संचारकर्मिहरुका माझ हामी उपस्थित भैरहदा हामी उत्साहित मात्र होईन हाम्रो अभियानले नेपालगन्जलाई थप देश बिदेश चिनाउदै गर्दा हामी हर्षित समेत छौं।

जसरी फ्रान्समा हरेकबर्ष आयोजना गरिने “टुर डे फ्रान्स” ले फ्रान्सको छुट्टै परिचय मात्र स्थापित गरेको छैन, लाखौं लाख पर्यटक लाई यही बाहानामा फ्रान्स घुमाएको पनि छ, हामी पनि सोही तवरमा नेपालगन्जको परिचय स्थापित गर्न प्रयासरत छौं। गतवर्ष २ अस्ट्रेलियन नागरिक निल मे र रफिल डेभिस सहित जिल्ला बाहिरबाट १७ जना साइक्लिस्टले सहभागिता जनाउनु भएको थियो भने यसबर्ष पनि एक अस्ट्रेलियन नागरिक निल मे, भारत उत्तर प्रदेश बरेलिबाट रबिन्दर सिह ओबराय र सन्जिभ जिन्दल, अमिर अलि अनि भारत उत्तराखन्डका पर्यटन ब्यबसायी शैलेन्द्र शाह सहभागी हुँदै हुनुहुन्छ। गतबर्ष पनि साइकल यात्रा को लिड गर्नुभएका बिश्व साइकल यात्री तथा कृतिमानी सगरमाथा आरोही पुष्कर शाह यो बर्ष पनि साइकल यात्राको प्रमुख राइडरको रूपमा सहभागिता जनाउँदै हुनुहुन्छ। यसैगरी एकमात्र खुट्टाले साइक्लिङ्ग गर्ने पारा साइक्लिस्ट यमलाल रसाइली, ७७ जिल्ला साइकल बाट पूरा गरेका तेजप्रसाद पराजुली, मेचीमहाकाली साइकल यात्रा पूरा गरेका रेशम केसि अनि खप्तडमा पहिलोपटक साइकल पुर्याउनु भएका साहसिक साइकल यात्री भरतबिक्रम शाह समेत यो राइडमा सहभागी हुन नेपालगन्ज आउदै हुनुहुन्छ। जिल्ला बाहिर बाट ६५ सहभागी सहित जम्मा ११० जनाले सहभागिता जनाउँदै छन। नेपालगन्जमा केही बर्षदेखी सक्रिय मल्हमपट्टि मर्निङवाक ग्रुप समेत यस कार्यक्रममा सहभागिता जनाउँदै छ। जसको नेतृत्व नेपालगन्ज मेडिकल कलेज का निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले गर्नुभएको छ।

यो बर्ष टुर डे ठाकुरद्वाराले सरकारले घोषणा गरेको भ्रमण बर्ष 2020 लाई समेत सघाउ पुर्याउने बिश्वास हामीले लिएका छौं। यसबर्षको राइडको रुट नेपालगन्जको बागेश्वरी मन्दिरबाट शुरु गरि नगरपरिक्रमा सहित जानकि गाउँ पालिका, खजुरा गाउँ पालिका, बढैयाताल गाउँ पालिका, गुलरिया नगरपालिका , मधुबन नगरपालिका हुँदै ठाकुरद्वारा सम्मको यात्रा तय गरिनेछ।

Insert your Ads code here

खजुरा गाउँ पालिका र स्थानीय को स्वागत खजुराबजार, बढैयातालको अवलोकनपछि बढैयाताल गाउँ पालिकाको आतिथ्यतामा खाजा, गुलरियामा कृष्णसार (Blackbuck) अवलोकनपछी गुलरिया नगरपालिकाको स्वागत सम्मान सहितको खानपिन, मधुबन नगरपालिकाको स्वागत सहित लामो पुलको अवलोकन, सामुदायिक होमस्टे डल्ला गाउँको स्वागत सहित डल्ला गाउँ भ्रमण, ठाकुरबाबा मन्दिर परिसरमा पर्या पर्यटन मन्च र ठाकुरबाबा नगरपालिकाको स्वागत सम्मान सहित ठाकुरद्वारामा बसोबास रहने ब्यबस्था मिलाइएको छ।

पर्या, पर्यटन, वातावरण संरक्षण र स्वास्थ्य चेतना समेत जगाउने गरि पाटेबाघको अवलोकनकालागि बिश्वमै उत्कृष्ट ५औं गन्तव्यको सुचिमा परेको बर्दिया रास्ट्रीय निकुञ्ज र नेपाल सरकारले जारी गरेको उत्कृष्ट १०० गन्तव्यको सुचिभित्र परेको ठाकुरद्वाराको प्रचारप्रसारकालागी समेत यो कार्यक्रम बिशेष रहने हामीले बिश्वास गरेका छौं। साथै यो कार्यक्रम नेपालगन्जको बागेश्वरी मन्दिरदेखि ठाकुरबाबा मन्दिरसम्म आयोजना गरिएको हुँदा बाके र बर्दियालाई भावनात्मक रूपमा जोड्ने एउटा महत्वपूर्ण कार्यक्रम हुनेछ।

यही माघको २४ गते बिहान् ७ बजे बागेश्वरी मन्दिर परिसरबाट शुरु हुने साइकल यात्रा २५ गते समापन हुनेछ। यस अभियानमा सतिश निरौला इभेन्ट डाइरेक्टर, टुर डे ठाकुरद्वारा-2020 रहनुभएकाे छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!