Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाक्चा खोलाले बगाएको तीन दाजू बहिनीमध्ये कान्छी एरिका राईको लाश भेटियो


गान्तोक, 30 अगस्त। पूर्व सिक्किमको डिक्चूको काजी टारका तन दाजू बहिनी बाक्चा खोलामा बगेकाहरूमद्ये एक जननाको लाश भेटिएको छ। 22 वर्षीय इरिका राईको आज अपह्रान्न नेशनल डिजास्टर रेस्पोन्स फोर्स र स्टेट डिजास्टर रेस्पोन्स फोर्सको प्रयासमा बाक्चा खोलाको दहबाट लाश उद्धार गरिएको हो। हिजो रेकबहादुर राईका जेठो छोरा र दुई छोरी खोला घुम्न जाँदा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा पसेका थिए। जसमा पूर्ण राई (29), चन्द्रा राई (28) र एरिका राई (22) सबै खोलाले बगाएको थियो।
दाजू दिदीहरूलाई खोलाले बगाएको सुनेपछि कान्छो छोरो पनि घरबाट बचाउको निम्ति खोलामा जाँदा दाजूको दहमा लडिरहेको शरीरलाई देखेर निकाल्ने कोशिष गर्दा उनलाई पनि निक्कै तलसम्म खोलाले बगाएर घाइते भएका छन्। स्थानीयहरूले बचाएपछि अहिले गान्तोकको एसटीएनएम अस्पतालमा उपचाराधिन छन्। एकै परिवारका जवान तीनजना सन्तान खोलाले बगाएपछि डिक्चू क्षेत्रमा दुःखको माहोल सिर्जना भएको छ। अहिले चारजना छोराछोरी मध्ये एकजना कान्छो छोरोमात्र अस्पतालमा उचाराधिन रहेको छ भने बगेका तीनजना मध्ये एकजनाको मृत्यु भइसकेको छ अन्यको अत्तोपत्तो छैन। हिजो बेलुकी उनीहरूलाई खोलाले बगाएपछि तुरन्तै गाउँलेहरूले खोजी अभियान थालेका थिए भने घटनास्थलबाट लगभग चार किलोमिटर तल टिस्टा नदीसित बाक्चा खोला मिल्छ। यसकारण हराएकाहरूलाई टिस्टा नदीमा नपुऱ्याओस भनि डिक्चूमा रहेको पूलबाट निरन्तर निगरानी राखिइरहेको छ स्थानीयहरूले बताएका छन्।
डिक्चू पुलिस आउट पोस्ट, तिन्तेक बीडीओ कार्यालयले घटनाको तुरन्तैपछि खोजिको निम्ति पहल गरेको थियो। हिजो रातपरेपछि खोजि अभियान स्थगित गर्नुपरेको थियो भने एनडीआरएफ र एसडीआरएफ र स्थानीयहरूको टोलीले खोजि अभियान तिब्ररूपमा चलाएका थिए। यद्यपी खोला ठूलोहुनका साथै ठाउँ ठाउँमा भौडीहरू भएको कारण खोजि अभियानमा धेरै वाधा आइरहेको बताइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!