Loading... आजः शनिबार , श्रावण १२, २०८१

बागलुङ काठेखोलाकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ


बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) मा पोजेटिभ देखिएको छ। दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि पोखरा पठाउने तयारी गरेको छ।

बागलुङको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएको थियो। त्यसमध्येमा काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको कार्यपालिका सदस्य टीकासंगम बिकले जानकारी दिए।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केही साता अघि मात्रै गाउँका सर्वसाधारणसँगै मिलेर भारतको तीर्थयात्राबाट फर्किएकी हुन्।

Insert your Ads code here

रिपोर्ट पोजेटिभ देखिएकी महिलाको पुनः स्वाब संकलन गरेर थप परीक्षणका लागि पोखरा वा काठमाडौं पठाउने तयारीमा रहेको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

‘तीन दिनदेखि जारी र्‍यापिड टेष्टका क्रममा काठेखोलामा एक जनामा रिपोर्ट पोजेटिभ देखिएको जानकारी आयो,’ प्रजिअ शैजुले भने, ‘अब शंकास्पद महिलासहित उनको परिवार र सम्पर्ककमा भएकालाई क्वारेन्टाइनमा राख्न र आवश्यक समन्वयका लागि जिल्लाबाट प्रशासन सुरक्षाकर्मीको टोली त्यस तर्फ पठाएका छौँ।’

गत शुक्रबारदेखि जिल्लाभर थालिएको कोरोनो भाइरस (कोभिड–१९) र्‍यापिड डाइगोनोस्टिक टेष्टमा शनिबारसम्म ४ सय ७६ जनाको गरिएकोमा सबैका रिपोर्ट नेगेटिभ आएको नागरिक खबरले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!