Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाघको आक्रमणबाट बालकको मृत्यु


बर्दिया,पौष ८/ बाघको आक्रमणबाट बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ का १२ वर्षिय सुमित थारुको शनिबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–४ जिरा सामुदायिक वनमा बालकमाथि आक्रमण भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए ।‘फिल्ड कर्मचारीहरुको अनुसार चितुवाले आक्रमण गरेको बुझिएको छ’ डिभिजन वन कार्यालयका प्रमुख बिडारीले भने,‘ बाघ वा चितुवाले आक्रमण गरेको एकिन छैन ।’

Insert your Ads code here

आज दिउँसो साढे १२ बाजे बालक आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘मृतक बालक बबई नदीमा नुहाउन गएका थिए’डिएसपी अर्यालले भने,‘नुहाएर जिरा सामुदायिक वनको बाटो फर्किदा गर्दै बाघले आक्रमण गरेको हो ।’

गम्भिर घाईते बालकको आरसि मेमोरियल अस्पताल जयनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!