Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाघको चहलपहल बढेपछि बर्दिया निकुञ्जको राजमार्ग क्षेत्रमा राति दुईपाङ्ग्रे साधन चलाउन रोक


पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि पूर्व–पश्चिम राजमार्गको बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।

     हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि अम्रेनी–कर्णाली चिसापानी सडकमा पाैष १८ गते देखी राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!