Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाघको वासस्थानबारे थप अध्ययन सुरु


पहिलो पटक २५ सय मिटर उचाइमा पाटेबाघ देखिएपछि डडेलधुरा वन डिभिजन कार्यालयले महाभारत र चुरे वन क्षेत्रमा क्यामेरा ट्यापिङ बिधिबाट पुन: अनुगमन र अनुसन्धान सुरु गरेको छ।

गत शुक्रबारदेखि दोस्रो पटक पाटेबाघ हिँड्ने सम्भावित क्षेत्रको पहिचान गरी यस पटक महाभारतदेखि डडेलधुराको भित्री मधेस हुँदै चुरेसम्म क्यामेरा जडान कार्य सुरु गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

२४ सय ९७ मिटर उचाइमा तीन साताअघि डडेलधुराको भागेश्वर मन्दिर छेउछाउमा वन डिभिजन कार्यालयले जडान गरेको क्यामरामा पहिलो पटक पाटेबाघ देखिएको हो। बाघ देखा परेपछि संरक्षणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाहरुले यस क्षेत्रमा विभिन्न अध्ययन थालेका हुन। महाभारत पर्वतमा देखिएको बाघको संरक्षण र यस विषयमा थप अध्ययन आवश्यक देखिएपछि डिभिजन वन कार्यालयले संरक्षण अभियानसमेत सुरु गरेको छ।

Insert your Ads code here

‘जेठ १२ गतेसम्म एक महिनाका लागि बाघ भेटिन सक्ने सम्भावित ठाउँमा क्यामेरा जडान गरिएको छ,’ डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख बिष्णुप्रसाद आचार्यले भन्नुभयो, ‘यस पटक अध्ययनको दायरा पनि बढाइएको छ।’ उनका अनुसार यसअघि पहिलो पटक मार्च ६ देखि अप्रिल ६ सम्म महाभारत वन क्षेत्रका विभिन्न क्षेत्रमा ३६ जोडा क्यामेरा जडान गरिएको थियो।

‘यस पटक भने महाभारत पर्वत हुँदै सीमा नदी महाकाली किनारा र भित्री मधेशको जोगबुढा हुँदै कञ्चनपुरको सीमा चुरेसम्म अध्ययनको दायरा बढाइएको हो,’ वन डिभिजन प्रमुख आचार्यले भने, विश्व वन्यजन्तु कोष, तराइ भूपरिधि कार्यक्रम र डिभिजन वन कार्यालयका गरी १० जनाको प्राविधिक टोली यस कार्यमा खटिएको छ।’उहाँका अनुसार उक्त टोलीले महाभारत वन क्षेत्रमा पाटेवाघको बासस्थान पत्ता लगाउने छन।

हरेक वर्ष हिमपात हुने महाभारतको सबैभन्दा उचाइको क्षेत्रमा पाटेबाघ देखिएपछि संरक्षणकर्मीका लागि यो खुसी र चुनौतीको विषय भएको छ। चुरे क्षेत्र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष कैलाश पाण्डेयले भन्नुभयो, ‘वातावरणीय विनासले तराईमा रमाउने पाटेबाघ आहार र बासस्थानको खोजीमा भौतारिँदै महाभारत पुग्नु खुशीभन्दा चुनौतीको विषय बढी हो।’उहाँले यस क्षेत्रको पर्यावरणीय परिवर्तनको गम्भीर संकेत पनि गरेको बताउनुभयो। पाण्डेयले भन्नुभयो, ‘दोस्रो पटक हुन थालेको अनुसन्धानले बाघ रैथाने हो वा घुम्दै आइपुगेको हो भन्ने निश्चित गरेपछि यस विषयमा धेरै कुरा विज्ञहरुले प्रस्ट गर्नेछन्।’

जिल्लाको कुल क्षेत्रफलको ७५ प्रतिशत वन क्षेत्र रहेको डडेलधुराको चुरे क्षेत्रमा यसअघि नै बाघले बासस्थान बिस्तार गर्न सुरु गरेको थियो। तर महाभारत वन क्षेत्रमा नै पाटेबाघ बस्न थालेको जानकारीमा आएपछि यसको अध्ययन अनुसन्धान सुरु गरिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!