बर्दियाको राजापुर नगरपालिका वडा नं १० लालपुर गाउ मै छिरी पाटे बाघले ४ वटा गोरु र १ वटा गाई मारेको छ ।
आज राती राजापुर नगरपालिका वडा नं १० लालपुर बस्ने भुस्नु थारुको ४ वटा बैशे गोरु र १ वटा व्याउने गाईलाई गोठबाट केही टाढा लगी पाटे बाघले मारेको सामुदायक वन समन्वय समिति खैरी चन्दपुरका सचिब नारायण बहादुर शाहीले जानकारी दिन्ु हुदै गाउ बस्तीमै छिरी यसरी गाई बस्तु मार्न थाले पछि गाउमा त्रास फैलिएको बताउँदै घटना स्थल नजिकमा देखीएको पाइतला अनुसार लगभग ३ वटा पाटे बाघ हुन सक्ने जानकारी दिनु भयो ।