Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्थापना गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को चौथो बैठकलाई शनिबार सम्बोधन गर्दै सदरमुकाममा उद्धार सामग्री थुप्रिने तर पीडितले नपाउने अवस्था नआओस्। पीडितको बीचमा तत्काल राहत सामग्री पुगोस्। उद्धार तथा पुनस्र्थापना कार्यमा कुनै किसिमको कमजोरी नहोस् भन्नुभयो।

उहाँले उद्धार, राहत तथा पुनस्र्थापना गर्न सरकारका तर्फबाट आवश्यक बजेट व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा देशभर भइरहेको अविरल वर्षाले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यबारे चासो राख्नुहुँदै उद्धार, राहत र पुनस्र्थापना कार्यमा ध्यान केन्द्रित गर्न सुझाउनुभयो।

Insert your Ads code here

प्रधानमन्त्री ओलीले बाढीले पुल बगाएपछि आवतजावतमा समस्या परेको म्याग्दीमा १५ दिनभित्र वैकल्पिक बेलिब्रिज निर्माण गर्नसमेत निर्देशन दिनुभएको थियो।बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपद् जोखिम न्यूनीकरण, उद्धार र पुनस्र्थापनाका क्षेत्रमा तत्कालीन तथा दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकमा पूर्वप्रधानमन्त्री देउवाले नागरिकको उद्धार र पुनस्र्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। पछिल्लो तीन दिनयता वर्षाले सिन्धुपाल्चोक, पर्वत, पाल्पा, म्याग्दी, कास्की, रुकुम, जाजरकोट, बझाङ लगायतका जिल्लामा क्षति भएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!