Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाढी पहिरोले पुर्याएको क्षति प्रति राजा ज्ञानेन्द्रद्वारा दुःख ब्यक्त


अाज एक विज्ञप्ति जारी गर्दै राजा ज्ञानेन्द्र शाहले बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु, भन्नुभएको छ। उहाँद्वारा जारी विज्ञप्ति:

“पुर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुर्याएको क्षति प्रति दुःख ब्यक्तः

Insert your Ads code here

यो बर्षको बर्षातको कारण हाम्रो देशको हिमाल, पहाड र तराईका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको र धेरै घरवार विहिन भएको सुन्दा, देख्दा र बुझ्दा म अत्यन्त दुखित भएको छु।

शोक, वियोग, ब्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस्। विनासको यो बेला पर्याप्त सहयोग, सुब्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ।
हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया हो, त्यसैले यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्नेछ।

प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने मेरो ईश्वरमा प्रार्थना छ। प्राकृतिक विपदको यो समयमा म शोक सन्तप्त पिडित सबैमा हार्दिक समवेदना व्यक्त गर्दै घाईते भएका सबैको शिध्र स्वास्थ्यलाभको कामना गर्दछु।
जय नेपाल
२०७७ साल असार २९ गते”

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!