Loading... आजः शनिबार , श्रावण १२, २०८१

बाढी र पहिरो प्रकोपमा आपूर्ति व्यवस्था सहज बनाइने


बाढी र पहिरो प्रकोपका बाबजुद आपूर्ति व्यवस्था सहज गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफल थालेको छ। देशैभरको आपूर्ति व्यवस्थामा समन्वय र सहजीकरण गर्न मन्त्रालयले सहसचिवको नेतृत्वमा ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गरेको मन्त्रालयका उपसचिव विरेन्द्र बस्नेतले जानकारी दिनुभयो। अत्यवश्यक वस्तुको आपूर्तिमा अवरोध हुन नदिन तथा अन्तराष्ट्रिय नाका सहज बनाई राख्न समन्वय गर्नेगरी कार्यदल गठन गरिएको उपसचिव बस्नेतले बताउनुभयो।

कार्यदलका अन्य सदस्य नतोकिए पनि आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सहसचिवले कार्यदलको नेतृत्व गर्ने मन्त्रालयले जनाएको छ ।

अनलाइनखबरका अनुसार प्राकृतिक विपदका कारण पिडित भएका जनतालाई राहत उपलब्ध गराउन सरकारी संस्थानमा अत्यवश्यक वस्तुको भण्डारण बढाउन मन्त्रालयले निर्देशन दिएको छ । अत्यवश्यक वस्तुको आपूर्ति व्यवस्था तथा सहजीकरणबारे आफ्नो माताहतको संस्थान, निजी क्षेत्र तथा सुरक्षा निकायका पदाधिकारीसँग मंगलबार छलफल गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले संकटको बेला सरकारलाई सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरेको थियो । यस्तै अत्यवश्यक वस्तुको आपूर्तिमा सहजीकरण गर्न सुरक्षा निकायसंग मन्त्रालयले साथ मागेको थियो । गृह मन्त्रालयले वितरण गर्ने राहतको खाद्यन्न व्यवस्था खाद्य व्यवस्था तथा व्यपार कम्पनी र साल्ट ट्रेडिङमार्फत गर्ने पनि मन्त्रालयले जनाएको छ ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!