Loading... आजः बुधबार , माघ ९, २०८१

बारबर्दिया नगरपालिकाले आज १लाख बराबरको गुलरिया कारागारमा  सहयोग


 

मेनका चौधरी ः बर्दिया ७ भाद्र (रासस)

बर्दियाको गुलरिया कारागारमा बारबर्दिया नगरपालिकाले आज १लाख बराबरको सहयोग गरेको छ । बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गावहादुर थारुले बर्दियाको कारागारमा खर्चखच भरिएका वन्दिहरुको सहयोगको लागी टेलीभिजन २सेट , खानेपानी टयाँकी , लाइवेरीको लागी पुस्तकहरु समेत गर्नु भएको छ ।

Insert your Ads code here

थारुले कारागारमा सरसफाईको सामाग्री हारपिक ,फिनेल,झाडु लगायतको अन्य सामाग्रीहरु सहयोग गरी कारागारमै गएर बर्दियाको कारागारका प्रमुख जेलर डिल्ली चन्द्र पौडेललाई आज हस्तारन्तरण गर्नु भयो । पुरुषहरु तर्फ १सय जनाको क्षेमता भौतीक संरचना रहेको जेलमा २१६ जना कैदी , १सय जना थुनामा गरी ३१६ जना वन्दि हरु रहेका छन् ।महिला तर्फ १४ जना कैदी र २० जना थुनुवा र दुुुई नावलाक गरी ३४ जना वन्दि रहेका गरी जम्मा ३५२ जना रहेका छन् । उक्त वन्दिहरु भेटघाट गर्दै खानेपानीको समस्या स्वास्थ्य उपचारको समस्या लाइवेरीको मनोरञ्जनको समस्या समाधान गर्न बारबर्दिया नगरपालिकाको वडा नम्वर बन्दि १ बुद्धिराम थारुलगायत ४० जनाले बन्दिले बारबर्दिया नगरपालिकाको नगरप्रमुख दुर्गा वहादुर थारु,उपप्रमुख अञ्जु दहितसँग आफनो समस्या समाधान गर्न माग गर्नु भएको थियो।

उक्त समस्या समाधानको लागी सम्वोधन गर्न आज वन्दिहरु सँग कारागार मै गएर भेटघाट गर्दै नगर प्रमुख दुर्गा वाहादुर थारुले भन्नुभयो जेल भनेको एउटा पाठशाला हो घर परिवार वाट टाढा रहेको यो पाठशालामा तपाईहरु रुपान्तरण हुनु पर्ने ठाँउ हो । आफनो सिक्ने घर मानेर पाठशालाबाट शिक्षा सिकेर समाजमा फर्कने क्रममा नयाँ जिवन नयाँ शैली लिएर समाज वदल्ने सोचलिएर समाजमा र्फकर्दा तपाईहरुलाई समाजले समान गर्ने छ समान गर्नै व्यक्ति भएर रुपान्तरण हुन अनुरोध गर्नु भयो । जेलमा सवैजना मिलेर बस्नु होला पढिरहेका व्यक्तिलाई पढाईलाई निरन्तरता दिन समेत अनुरोध गर्नु भयो । जेल भित्र आफु बन्दि हु भनेर नसम्झेर नया नयाँ कुरा सिक्न आएको छु भनेर सम्झन बन्दिहरुलाई अनुरोध गर्नु भयो । मेयर थारुले आफु राजवन्दी भएर बर्दियाकै यहि जेलमा ९ महिना जेल विताएको बताएको स्मरण गर्दै उहाँले थप भन्नु भयो हामी जेलमा वसेयो र वाहिर निस्कादा नेता वनेर निस्कीयो । त्यसैले जेल भनेको पाठशाला हो जेलबाट वाहिर निस्कदा समाजमा नेता वनेर निस्कन वन्दिहरुलाई म अनुरोध छु भन्र्नु भयो । उक्त भेटघाटमा वन्दिहरुको स्वास्थ्यको समस्या, कारागारमा कर्मचारी दरवन्दीको समस्या, कारागार क्षेत्र विस्तार र भौतीकसंरचनाको समस्या रहेकाले यो समस्या समाधान गर्न प्रदेश सरकार सघिय सरकार माग गर्न पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नु भएको छ । वन्दिहरुको समस्या परेमा फोन गर्न अनुरोध गर्दै सधै आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त भेटघाटमा महिलाहरु बन्दिहरुको जेलमा चिसो छिडीमा रहेको बेलामा बन्दिहरुको जिवीको पार्जन तथा आर्यआजन गर्न मिल्लने सिपमुलक तालिमको व्यवस्थाहरु गरि दिनको लागी बासँगढी नगरपालीकाको कर्तव्य ज्यान मुदाको वन्दि रहनु भएको अनु हमालले बारबर्दिया नगरपालिकाको मेयर उपमेयर सँग माग गर्नु भएको थियो । उक्त भेटघाटमा नगपालिकाको उउप्रमुख अञ्जु दहित ,नगरपालिका कार्यपालीका सदस्य टेक वहादुर विक ,लेखा अधिकृत वसन्त वहादुर शाही, अधिकृत कासीराज गौतम ,नेपालकम्युनिष्ट पार्टी माओवादी केन्द्र बारबर्दियाको अध्यक्ष दशरथ अगलपथ सञ्चारकर्मीहरु समेत उपस्थीति रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!