Loading... आजः बुधबार , असार २५, २०८२

बालयौन शोषण विरुद्ध रणनितीक योजना सम्बन्धी २ दिने कार्यशाला गोष्ठी


बर्दिया राजापुर
मंसिर ३१
बालयौन शोषण विरुद्ध रणनितीक योजना तथा सिफारिस संयन्त्र निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी राजापुरमा सुरु भएको छ ।
राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा भिम अवस्र्थिीले सहजिकरण गर्नु भएको थियो ।
राजापुर नगरपालिकाको आयोजनामा भएको कार्यशाला गोष्ठीका लागि प्लान ईन्टरनेशनल, एक्सनएड नेपाल,साथी सस्था र कमैया महिला जागरण समाजले सहयोग गरेको छ ।
कोरोना माहामारी युवा तथा बालबालिकामा हुने यौन शोषण तथा बेचविखन रोकथाम परियोजना ( BBB) र स्थानिय अधिकार कार्यक्रम अन्तर्गत सो गोष्ठी गरिएको हो ।
गोष्ठीमा राजापुर नगरपालिका उप प्रमुख मनकला कुमारी चौधरी लगायत बिषयगत शाखाका प्रमुख, बाल क्लब तथा युवा क्लब प्रतिनिधीहरुको सहभागिता रहेको छ ।
गोष्ठीमा प्लान ईन्टरनेशनल कमला राई, साथी सस्थाका सरस्वती शर्मा र पबित्रा बोहरा ,फिल्ड सुपरभाईजर सनिशा थारुको उपस्थित रहेको थियो ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!