Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बालविवाह न्यूनीकरणका लागि विद्यार्थीहरुसँग अन्तरक्रिया


१९ पुस २०७८
बर्दिया, राजापुर

विद्यमान बालविवाह न्यूनीकरणका लागि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यूनिक नेपाल केन्द्रिय कार्यालय राजापुरनगरपालिका २ जोतपुरको आयोजनामा राजापुर नगरपालिकाको वडा नं. २ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।


कार्यक्रममा अधिवक्ता महादेव चौधरीले सहजीकरण गर्दै बालविवाह हुनुका कारण, विवाह पश्चात हुने शारिरीक र मानसिक समस्या, विवाह गर्दा आउने कानूनी समस्याका बारेमा जानकारी गराउनु भएको थियो । सो बारे जानकारी प्रस्तूत गरेपछि, विद्यार्थीहरुले आफ्नो जिज्ञाशा राखेका थिए ।
यसैगरि, ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी हवल्दार राम पुजालीले लागु औषध दुव्र्यसनका साथै ट्राफिक नियमका बारेमा जानकारी गराउनु भएको थियो । युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा बालविवाहले किशोर र किशोरीहरुमा मानसिक र शारिरीक समस्या ल्याउन मात्र नभई यसले स्वस्थ समाज निर्माणमा पनि असर पुर्याउने भएकाले वाल विवाह गर्न नहुने र नहुन दिनका लागि सबैजनाले सचेतना फैलाउन आवश्यक रहेको कुरा बताउनु भयो ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!