Loading... आजः शनिबार , श्रावण १२, २०८१

बालाबजारमा युवा जुटे


बर्दिया, राजापुर
२४ माघ २०७८,
युनिक स्पोटर््स् क्लबको पहलमा र युनिक नेपाल राजापुर नगरपालिका २ जोतपुरको सहयोगमा राजापुर नगरपालिकाको बालाबजारमा ब्याडमिन्टन कोर्ट निर्माण गरि उद्घाटन गरिएको छ ।

     युनिक नेपालले बालाबजार खेलकुद समितिको मागमा सो कोर्ट निर्माण सहयोगको साथै खेलकुद सामाग्री पनि सहयोग गरेको छ । कार्यक्रमका प्मुख अतिथि तथा युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले ब्याडमिन्टन कोर्टको उद्घाटन रिबन काटेर गर्नु भएको थियो । साथै, उहाँले बालाबजार खेलकुद समितिका अध्यक्ष देवेन्द्र थारुलाई खेलकुदको सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
प्रमुख अतिथि थारुले भौंरा टप्पाको बिच भागमा पर्ने बालाबजारमा यसखाले खेलको शुरुवाट गर्नु सह्रानीय रहेको बताउनु भयो । अब ब्याडमिन्टन मात्र होइन युवाहरुलाई सकरात्मक बाटोमा ल्याउनका लागि फुटबल, भलिबल, एथलेटिक्स तथा अन्य खेलको शुरुवाट गर्नुपर्ने सुझाब दिनुभयो ।

Insert your Ads code here

युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले युवा देशका रक्षक, विकासका सम्वाहक र परिवर्तनका शुत्रधार भएकाले सर्वप्रथम मानसिक र शारिरीकरुपमा स्वस्थ हुन आवश्यक रहेको र यसका लागि खेलकुद आवश्यक रहेको बताउनु भयो । खेलद्धारा युवाहरुबिच आपसी सम्बन्धको विस्तार तथा कार्य सफलता सहज हुने भएकाले नियमित खेलकुदमा सहभागी हुन युवाहरुलाई आग्रह गर्नु भयो ।

यसैगरि, युनिक नेपाल र युनिक स्पोर्ट्स् क्लबले युवाहरुका लागि खेलकुदको वातावरण मिलाई दिनु भनेको युवाहरुलाई देशका लागि एकै ठाउँमा ल्याउन र सकरात्मक परिवर्तनका लागि सक्षम बनाउने जस्तो सह्रानीय कार्य गरेको बताउनु भयो ।
कार्यक्रममा मैला बर्गदहीका बरघर राम कुमार थारु, युनिक स्पोर्ट्स् क्लबका अध्यक्ष रामस्वरुप थारुले समेत शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रम उद्घाटन पछि ब्याडमिन्टन खेल शुरु गरेका थिए ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!