Loading... आजः शनिबार , श्रावण १२, २०८१

बालिकाको उपचारका लागि सुरेश पन्थ र तर्क शाहबाट सहयोग प्रदान


राजापुर नगरपालिका वडा नं ८ का वोनम्यारो क्यान्सरबाट पिडित एक बिपन्न परिवारका बालिकाको उपचारका लागि अस्पतालमै पुगी सुरेश पन्थले रु ५० हजार र बर्दिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तर्क शाहले रु ११ हजार सहयोग गर्नु भएको छ ।
एक महिना अघि देखि बर्दिया राजापुर ८ धोविनपुरका गंगाराम तिमिल्सेनाका ६ वर्षिय छोरी लक्ष्मी तिमिल्सेना लाई ज्वरो आएको थियो । कैलाली र बाँकेको नेपालगंजमा उपचार सम्भव नभएपछि बालिकालाई काठमाडौ स्थित कान्तिवाल अस्पताल पुर्याईको थियो । बालिकालाई वोनम्यारो क्यान्सर भएको कान्ति वाल अस्पतालका चिकित्सकले पुष्टि गरेका छन् ।
बाबु गंगाराम तिमिल्सेना छोरीलाई वोनम्यारो क्यान्सर हुँदा छट्पटिमा पिल्छीरहेको अबस्थामा राजापुर नगरपालिका वडा नं ८ का अध्यक्ष चिन्तामणी आर्चायले सहयोगका लागि पहल गर्ने बताएपछि उनलाई काठमाण्डौ उपचारको लागि पठाइएको थियो । बालिका लक्ष्मी तिमिल्सेनाको उपचारको लागि प्रदेश नं ५का प्रदेश सासद दिपेश थारु र राजापुर नगरपालिका वडा नं ८का अध्यक्ष चिन्तामणी आचार्यको पहलमा सुरेश पन्थले अस्पताल मै पुगी बुधबार आर्थिक सहयोग स्वरूप रू ५० हजार उनका पिता गगाराम तिमिल्सेनालाई रकम प्रदान गरेका थिए ।
बालिका उपचारको लागि सि सि टि कलेज बुटवलमा बि बि ए प्रथम सेमेष्टरमा अध्यनरत प्रकृतिका दाहाल , जेस्मिन बानो, सितास्मा खनाल र राधिका परियार रु ४२०० आर्थिक सहयोग भएको छ भने अन्य सहयोगी हातहरु बढी रहेको छ । बालिका उपचारका लागि दक्ष अनुसार आ–आफ्नो तर्फ बाट सहयोग गरि दिन वडा अध्यक्ष चिन्तामणी आर्चायले सबै समुदायसंग अपिल गर्नु भएको छ ।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!