Loading... आजः शनिबार , श्रावण १२, २०८१

बालिका शिक्षा र छोरी बीमा कार्यक्रमलाई प्रभावकारी बनाइने


अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक रुपान्तरणका लागि बालिका शिक्षा र छोरी बीमा कार्यक्रममा प्रदेश सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ।

प्रदेश नं २ का सरकारले शनिबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘प्रदेश समन्वयन परिषद्को बैठक’ मा उहाँले भन्नुभयो, “विशेषगरी महिला सशक्तीकरणमा प्रदेश सरकारसँग संघीय सरकारले सहयोग र सहकार्य गर्छ।”

अर्थमन्त्री डा खतिवडाले महिला सशक्तीकरणका लागि उनीहरुलाई प्राविधिक शिक्षातर्फ जोडदिनुपर्ने उल्लेख गर्दै महिला शिक्षित भए समाजबाट दाइजो प्रथा आफैं अन्त्य हुने हुँदा संघीय सरकारले छोरी शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो।

Insert your Ads code here

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले जनतालाई प्रत्यक्ष लाभान्वित हुने किसिमको पञ्चवर्षीय योजना ल्याई ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्यलाई पूरा गर्नमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय योजना आयोगको निर्देशनानुसार समयमै योजना बनाउन प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभयो।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सुशासन कायम राख्न आफूले स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताउँदै प्रदेशको समृद्धिका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको कारोबार अनलाइनले समाचार लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!