बालिका सशक्त परियोजना प्रारभ्मिक परिचयात्मक बैठक सम्पन्न
बर्दिया राजापुर
बालिका सशक्त परियोजना अन्तगत पालिका स्तरिय परियोजना प्रारभ्मिक परिचयात्मक बैठक राजापुरमा आईतवार सम्पन्न भएको छ ।
राजापुर नगरपालिका प्रमुख दिपेश थारुको अध्यक्षतामा बसेको बैठकमा प्लानईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राजापुरनगरपालिकाको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया( आर के जेस )द्धारा संचालनमा ल्याउन थालेको बालिका सशक्त परियोजनाका वारेमा जानकारी गराईको थियो ।
बैठकमा राजापुरनगरपालिकाका प्रमुख दिपेश थारुले क्ष्ल्न्इ र ल्न्इहरु गर्ने कार्यक्रम नेपाल सरकार कै भएको ले कार्यक्रमहरु के कस्तो बनाउने कहा कहा संचालन गर्ने वारेमा नगरपालिका संग समन्वय गरी लैजानु पर्ने बताउदै,आर्थिक अवस्था कमजोर भएका बालिकाहरुप्रति ध्यान दिई कार्यक्रम बनाउनु जरुरी रहेको बताउनु भयो ।
बालविवाह,आत्महत्या,बिद्यालय छाड्नेको सख्यामा वृद्धि भइरहेको बताउदै नगर प्रमुख थारुले नगरपालिकाले समाजलाई राम्रो बनाउनका लागि शिक्षामा लगानी गर्न खोजेको बताउनु भयो ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया दिनेश प्रसाद श्रेष्ठले शुभकामना मन्तव्य दिर्दै संचालन गर्न थालेको परियोजनाका वारेमा बताउनु भएको थियो ।
सम्पुर्ण वालबालिका, किशोर किशोरी तथा युवाहरु साथै विषेश गरी किशोरी र युवा महिलाहरु आफ्नो अधिकारको बारेमा जानकार भई वालविवाह, छिटोविवाह र जवरजस्ती विवाहबाट मुक्त भई स्वतन्त्र रुपमा जिवनयापन गर्न सफल हुनेछन् परियोजनाको लक्ष्य रहेको छ भने सामाजिक, राजनीतिक र सांस्कृतिक विभेद उन्मूलन गर्ने, स्वस्थ समाज निर्माण गर्ने, गरिब, कमजोर र सीमान्तकृत समुदायको जीविकोपार्जनमा सुधार गर्ने, प्रकृति मैत्री वातावरण सिर्जना गर्ने उद्देश्य सहित संचालन गरिन थालेको परियोजनाको क्षेत्र शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सुशासन संरक्षण मानवीय कार्य रहेको कार्यक्रम परियोजना संयोजक मनोज पौडेलले जाकारी दिनु भएको थियो ।
३ बर्षिय परियोजनाको कार्यक्षेत्र राजापुर, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिका छ भने यस बर्षका का लागि राजापुर नगरपालिकाको परियोजना बजेट रु ५९,७५,३६७ जानकारी गराईएको थियो ।
कार्यक्रममा राजापुरनगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजगशाही , वडा अध्यक्षहरु, राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया कर्मचारीहरु, प्लानईन्टरनेशनल नेपालका प्रतिनिधी,राजापुर नगरपालिकाका शाखा प्रमुखहरु गैरसरकारी सस्थाका प्रतिनिधीहरु पत्रकारहरुको उपस्थित रहेको थियो ।