Loading... आजः शनिबार , श्रावण १२, २०८१

बालुवाटारमा जारी बैठकमा गत्यावराेध अन्त्य गर्ने प्रयास


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टादेखि छलफल जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अबरुद्ध स्थायी कमिटी बैठक सहमतिमा अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ। बैठकमा दुई अध्यक्षबाहेक वरिष्ट नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ।

साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएपछि दाहालको अध्यक्षतामा पुनः बैठक बसेको थियो। त्यसपछि दुई अध्यक्षबीच भेटघाट हुन सकिरहेको थिएन। प्रमअाेली तथा अध्यक्षले एक्लाएक्लै भेट्ने पहल गरेको भए पनि उहाँ सफल हुन सक्नुभएकाे थिएन। अध्यक्ष प्रचण्डकाे समूहले कमरेड प्रचण्डले प्रमलाई भेट्न एक्लै जान निषेध गरेको थियो। उहाँको पक्षका नेताबीच प्रमलाई भेट्नैपरे एक्लाएक्लै नभइ कम्तीमा दुईजना जानुपर्ने सहमति बनेको थियो। झण्डै ३०% केन्द्रीय सदस्यले केन्द्रीय समितिकाे बैठक माग गरेपछि भइरहेको अाजकाे बैठकले एउटा निष्कर्ष निकाल्ने विश्वास गरिएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!