Loading... आजः सोमबार , बैशाख १५, २०८२

बाल संरक्षण नीति तथा बाल अधिकार कार्यविधी निर्माण


 

 

 

Insert your Ads code here

 

 

भिमा कंडेल, बर्दिया, कात्तिक ६ । बर्दियाको ठाकुरबाबा नगरपालिमा सञ्चालित बाल संरक्षण नीति तथा बाल अधिकार कार्यविधी निमार्ण कार्यशाला तालिम आज बुधबार सकिएको छ । बाँके यस्नेस्को क्लव तथा प्लान इन्टर नेस्लनको प्राविधी सहयोगमा ठाकुरबाबा नगरपालिकाले तालिमको आयोजना गरेको सहजकर्ता  भिम अवस्थीले जानकारी दिनुभयो ।

बालबालिका माथी हुने विभेद तथा सबै किसिमका शारीरिक र मानसिक हिंसा क्षति वा दुव्र्यवशहार, बेचविखन, परित्याग, उपेक्षा, शोषण वा यौन दुव्र्यसनबाट संरक्षण गर्ने, बालबालिका माथी हुने सबै किसिमका हिंसा, वन्चितीकरण, अपहेलना, बाल विवाह, बाल श्रम लगायत हानी पुर्याउने सबै अवस्थाको पहिचान र रोकथाम तथा न्युनिकरणका लागि नीतीगत मार्ग निर्देशन तयार गरी बाल बालिकालाई सुरक्षित राख्ने र बाल संरक्षणका क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कार्यरत सरोकारवालाहरुलाई संस्थागत सुदृढीकरणमा सहयोग गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बाँके युस्नेस्को क्लवका कार्यक्रम अधिकृत ईश्वर विकले बताउनुभयो ।

बाल संरक्षण परियोजना बर्दियाको ४ वटा पालिकामा सञ्चालनमा रहेको छ भने बाल संरक्षण नीति तथा बाल अधिकार कार्यविधी कार्यशाला ८ वटै पालिकामा सञ्चालनमा रहेको विकले बताउनुभयो । तालिममा सहभागि सम्पुर्णमा ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख कृष्णा कुस्मा थारुले बाल दुव्र्यवहारको घटनामा कमी ल्याउन नगरपालिका सधै तत्पर रहेको बताउनुभयो ।

बालबालिकालाई मनोसामाजिक परामर्श आवश्यकता रहेको उहाँको भनाई रहेको छ । कार्यक्रम अधिकृत इश्वर विकले बाल संरक्षण नीति तथा बाल अधिकार कार्यविधी मस्यौदा तयार गरी पालिकाद्धारा स्वीकृतका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कात्तिक ३ गतेबाट सञ्चालन भएको तालिममा ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख कृष्णा कुस्मा थारु, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, शिक्षा शाखा, न्यायिक समिती, बाल क्लव, बालबालिकाको क्षेत्रमा कार्यरत संस्था, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनीधी सामाजिक विकास समिती लगायतको उपस्थीति रहेको थियो ।    रेडियाे टाइगरबाट साभार

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!