Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

बाहिरबाट सिक्किम फर्किनेहरू चाँडो फर्किएर पुनः सिक्किमलाई कोविड मुक्त पार्न सकिन्थ्योः सचिव भोटिया


गान्तोक, 26 जुन। सिक्किमका नागरिकहरू जो विभिन्न कारणहरूले राज्य बाहिर रहेका छन् उनीहरूलाई राज्य सरकारको पहलमा गत 5 मईदेखि बाहिरका रहेकालाई फेसिलिटि कोरिन्टिन र पेड कोरिन्टिन बनाएर फर्काएइल्याउने कार्यक्रम शुरु गरेको छ। यसको लागातार कार्य जारी रहेको भए पनि अहिले आएर दैनिक रूपमा मानिस फर्किआउनेक्रम जारी भए पनि बेला न कुबेला नाकामा आएर समस्या उत्पन्न साथै दिक्दारी पनि हुन थालेको पाइएको छ। शुरूको दिनहरूमा 860 जनासम्म पनि फर्कि आएको तर अहिले कम्ती कम्ती गरेर आइरहेको तथा आउनेहरू चाँडै आइदिएको खण्डमा सबै आइसकेपछि राज्यमा कोविड मुक्त राज्यको पहलको निम्ति अगाडि कार्य गर्न सकिने देखिएको छ। यसबारेमा स्वास्थ्य विभागका सचिव तथा डीजी डॉ. पेम्पा टी भोटियासित कुराकानी गर्दा उनले भने, कही न कही फर्कि आइसक्नु पर्ने जस्तो लाग्छ। सबैलाई बिन्ति के छ भने स्वास्थ्य कर्मीहरू धेरै थाकिसकेको छ निरन्तर काम गरिरहेका छन्। राति 11-12 बजीसम्म काम गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूलाई पनि आराम चाहिन्छ अब आउनेक्रमको एउटा रूटिन बनाउनुपर्छ। सरकारलाई भनेर पनि टाइमफ्रेम राखिनेछ। सरकारले स्वीकृति दिएको खण्डमा हामी त्यो लागुन गर्नेछौं। उनले अझ भने, राति कुबेलामा आयो भने बिहानमात्र स्क्रिनिङ गर्ने चाँजो मिलाउनेछौं। किनभने अहेल रातको 11 बजी पनि आएर सबै स्वास्थ्यकर्मीलाई आफ्नो काम गर्न लगाइँदैछ। तर सम्पूर्ण काम सक्दा रातको 1-2 बज्छ। यसकारण एउटा निर्धारित समयमा फर्कि आएको खण्डमा सबै ठीक हुने उनले बताए। उऩले बने, जतिजना बाहिर छन्, डाइलेसिस रोगीबाहेक सबै टाइममा घर आइदिनुहोस। छिट्टो आएर सबैजनाले टाइमले आइदियो भने सिक्किमलाई कोविड मुक्त बनाउने दिशामा काम गर्नुपर्छ। अर्कोतिर राज्यमा रहेको विभिन्न फेसिलिटि क्वारिन्टिन हटाउने विषयमा कुरा भएको बताए। जसको निम्ति स्कूलहरू प्रयोग गरिँदैछ स्कूल लाग्न अगाडि स्वच्छीकरण गर्नुपर्नेछ। फेसिलिटि क्वरिन्टिन घटाउने र अनिवार्य रूपमा पेड क्वारिन्टिनमा जानुपर्ने व्यवस्था गर्नेछौं भनि उनले जनाए। उनले भने घर फर्किआउनेहरू सबै मान्छे चाँडो आउनुपर्ने आह्वान गर्दछु। समयमा आइसकेमा पुनः सिक्किमको नाकाहरू सील गरेर सिक्किमलाई 28 दिनको पिरियड नाघेमा कोविड मुक्त बनाउन सकिन्छ तर त्यो सम्भाव हुनसकेको छैन्। अहिलेसम्म 9 हजार लगभगले 7 हजार 6 सय आइसकेको छ अब 2 हजार जति रहेको छ छिटो आइदिएको खण्डमा सजिलो हुनेछ। राति 10 बजी एकजना आउँदा पनि सबै कर्मचारी हेर्न जानुपर्छ। सबैले यो कुरा बुझिदिएमा राम्रो हुने उनले बताए।
अहिलेसम्म सिक्किममा 47 वटा एक्टिभ कोविड 19 पोजेटिभ रहेको छ भने 39 जनाले पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन्। यसैगरि जम्मा 86 वटा मामिला देखिएको छ। यद्यपी एकजना पैरा मिल्टेरी एसएसबीका जवानको स्वाब जाँच पोजेटिभ आएको खण्डमा भने 48 वाट एक्टिभ मामिला हुने स्वास्थ्य बुलेटिनमा बताएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!