छोटो समयमै म्यूजिक भिडियोमा चर्चा कमाउन सफल भएकी राजापुर ४ निवासी बितिशा दहितले अभिनय गरेकोे“मेरो माया इन्टेरनेशनल” बोलको गीत सार्वजनिक भएको छ । नृत्य क्षेत्रमा सफल हुदै गइरहेकी बितिषा दहितको यो दोस्रो म्युजिक भिडियो हो ।
Insert your Ads code here
युवराज थापाको “मेरो माया इन्टेरनेशनल” बोलको गीत युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हुन । गायक थापाको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा गायक स्वयंको संगीत तथा शब्द रहेको छ ।
केशब बढुको एरेन्जमा सजिएको गीतको निर्देशन नवराज सुबेदीले गरेका छन । रामु चौधरीको छायाङ्कन तथा सम्पादन रहेको गीत नेपालगन्जको मेरो प्लनेटमा छायाङ्कन गरिएको हो । गीतमा ललित थापा, बितिशा दहित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । मेरो माया इन्टेरनेशनल बोलको गीतमा सर्जक स्वयं युवराज थापा तथा रीता केसीको आवाज रहेको छ ।