Loading... आजः शनिबार , श्रावण १२, २०८१

बिमल गुरुङले”गोर्खा ध्वनी”लाई दिए कडा चेतावनी 24 घण्टामा माफि नमागे लगाउने मानहानीको मुद्दा


दार्जीलिङ, 6 मार्च। गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष बिमल गुरुङ र महासचिव रोशन गिरीलाई लिएर एउटा समाजिक सञ्जाल गोर्खा ध्वनीले बङ्गाल सरकारसित मिल्ने कोशिस गरिरहेको समाचार प्रकाशित गरेको विरूद्धमा भत्सर्ना जनाउँदै अध्यक्ष गुरूङले समाचारको खण्डन गरेका छन्। उनले अज्ञात ठाउँबाट प्रेस बयान जारी गरेर समाचारको भत्सर्ना गर्दै भनेका छन्, “गोर्खा ध्वनी” नामक एक फेसबुक पेजमा बिभिन्न भ्रामक तथ्यहरु दिएर म लगायत महासचिव रोशन गिरीलाई बदनाम गराउने जुन षड़यन्त्र गरिएको छ त्यस कार्यको म घोर भत्सर्ना जनाउँछु। भाजपासँग हाम्रो जुन गठबन्धन छ र यो गठबन्धनको माध्यमद्वारा हाम्रो जातिको मुद्दा फत्ते हुनै लागेको बेला यो कतिपय जाति बिरोधी तत्वहरुले खेलेको चाल हो। मैंले आफ्नो सबैकुरा जातिको निम्ति गुमाई सकेको छु – मेरो आफ्नो भन्ने अहिले के नै पो रहेको छ र? जातिको निम्ति मैंले आफ्नो सर्वस्व गुमाइसकेको छु यसर्थ जातिलाई गद्दार गर्नेहरु र जातिको निम्ति षड़यन्त्र गर्नेहरुसंग म कहिल्यै सम्झौता गर्न सक्तिनँ। कसैले यस्तो सोंच्नु र भ्रामक अपप्रचार गर्नु म एकदमै निन्दनिय ठान्दछु, उनले भनेका छन्।
यसैगरि उनले “गोर्खा ध्वनी” को सञ्चालकले 24 घण्टा भित्र माफी माग्नुपर्ने चेताउनी दिँदै यसबारे भनेका छन् “गोर्खा ध्वनी” पेज को संचालक सम्पादकले यस विषयमा २४ घण्टाभित्र माफी नमागे हामी उनलाई मानहानीको मुद्दा लगाउन बाध्य हुनेछौं।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!