Loading... आजः शनिबार , श्रावण १२, २०८१

बिमल गुरुङ समर्थक नरेन छेत्रीलाई बङ्गाल पुलिसले गऱ्यो पक्राउ, तलमाथी भए जीटीए-2 र प्रशासन जिम्मेवार हुन्छः सञ्जिव लामा


दार्जीलिङ,4 सेप्टेम्बर। गोर्खा जनमुक्ति मोर्चाको पोख्रेबुङ्ग चामुङ्ग समष्टि सभापति नरेन छेत्रीलाई हिज प्राय २,३०बजे दिउँसो दार्जिलिङ्ग पुलिसले पक्राउ गरेको छ। हिज उनलाई सुकेपोखरी थानामा राखिएको थियो भने आज अचानक उनको कोरोना पोजिटिभ रिपोर्ट निक्लेको भन्दै सुके क्षेत्रको जोरपोखरी टुरिष्ट लजको क्वारेन्टाइन सेन्टरमा राखिएको जानकारी प्राप्त भएको छ।
यस घटनाबारे गोर्खा जनमुक्ति युवा मोर्चा केन्द्रिय समिति सह सचिव सञ्जिव गोर्खा लामाले एउटा प्रेस बयान जारी गर्दै पुलिसको कार्वाहीको विरूद्ध प्रतिवाद जनाएको छ। उनले प्रेस बयानमा भनेका छन्, २०१४ को मुद्धामाथि वारेन्ट जारी गरेर तिनलाई पक्राउ गरिएको पुलिस प्रशासनको भनाई रहेको छ भने नरेन छेत्रीलाई गत साल पुलिसले पक्राउ गरि जेल थुनामा हाल्दा ती मुद्धा किन लुकाइयो। प्राय तीन महिना जेल बसेको व्यक्तिलाई फेरि पुरानो मुद्धा देखाएर पक्राउ गरिनुको पछाडी जिल्ला पुलिस प्रशासनको के मनशाय छ? के फेरि सहिद बरूण भूजेललाई जस्तो कारावास मै हत्या गराउने षडयन्त्र त छैन पुलिसको भन्दै सहसचिव लामाले कडा प्रश्न तेर्साएका छन्।
उनले अझ भनेका छन्, कोरोनाको यस्तो महामारीमा राज्य र जिटिए चलाउने प्रशासन अनि व्यक्तिहरूले के आम मानिसको मौलिकताको हत्या गरेकै हुन् त? यदि नरेन छेत्र माथि तलमाथि केही अनुचित भए त्यसको जिम्मेवार क्षेत्रिय सत्ता हाँक्ने जिटिए २ को दल र जिल्ला पुलिस प्रशासनलाई जानेछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!