राजापुर नगरपालिका वडा नं ४मा सुरु हुन लागेको बिशेष आर्थिक क्षेत्र स्थापनाको लागि आजबाट स्वयल टेस्ट गर्ने काम सुरु गरिएको छ ।
बिशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख डा.चन्दीका प्रसाद भट्ट आज राजापुरमा पुगी स्वयल टेस्टका काम सुरुवात गर्नु भएको हो ।
राजापुर पुग्नु भएका बिशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख डा.चन्दीका प्रसाद भट्टले चालु आर्थिक बर्षमा नै डिपीआरको काम गरिने भएको बताउदै १२५ बिगहा क्षेत्रफलमा ३५० करोडको लागतमा स्वदेशी तथा विदेशी कम्पनीका उद्योगहरु निर्माण हुने जसका कारण दैनिक ३ हजारले रोजगार पाउने बताउनु भयो ।
Insert your Ads code here
२०७४ सालमा लुम्बिनी प्रदेश सभा सदस्य दिपेश थारु र समाजसेवी सुरेश पन्थको पहलमा बिशेष आर्थिक क्षेत्र कार्यक्रम राजापुरमा लागु गर्न गरिएको प्रयासका काम सुरु भएको थियो । नेपाल सरकारले राजापुरमा बिशेष आर्थिक क्षेत्र लागु गराउन बजेट बिनियोजित गरेपछि हाल आएर कामले त्रिब्रता लिएको हो ।
युवा नेता तथा लुम्बिनी प्रदेश सासद दिपेश थारुले यस क्षेत्रका युवाहरु बिदेश पलाएन हुन थाले पछि ३/४हजार युवाहरुलाई स्थानिय तहमा नै रोजगार प्रदान गराउने उद्देश्यले बिशेष आर्थिक क्षेत्र स्थापना गर्नको लागि आफुले पहलकदमी गरिरहेको बताउनु भयो ।