Loading... आजः शनिबार , श्रावण १२, २०८१

बिहीबारबाट नेपालभर ‘सवारी पास’ बन्द


आज (बिहीबार) बाट नेपालभर अनिश्चितकाल (अर्को व्यवस्था नभएसम्म) का लागि ‘सवारी पास’बन्द गरिएको छ। कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि सरकारले देशका सबै (७७ वटै) जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको नेपाल खबर अनलाइनले लेखेको छ।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएको ‘सवारी पास’ आज (बिहीबार) बाट नदिन भन्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाएको हो।

अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको हो। यो निर्णयसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा गाडीमार्फत जान पाइने छैन। काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!