Loading... आजः शनिबार , श्रावण १२, २०८१

बीआरआईमा सहभागी भएपछि तत्कालीन राजदूत लिलामणी पाैड्यालले यस्तो प्रतिक्रिया दिएका थिए


बेल्ट एण्ड रोड इनिसिएटिभमा म राजदूत हुँनुभन्दा पहिलेदेखि नै मैले विभिन्न मञ्चहरुमा आफ्ना धारणा राख्दै आएको थिएँ। मैले चीनमा पनि आफ्ना धारणा राखेको थिएँ। नेपालमा सन् 2013 पछि भएका अधिकांश छलफल र सेमिनारहरुमा म आफैँ सहभागी भएको छु। कयौँ ठाउँमा आफूले योगदान पनि गरेको छु। मेरो बुझाइ के छ भने अहिले समकालीन विश्वमा बीआरआईबाट लिइएको अवधारले समग्र विकासलाई समेटेको छ। यसले एउटा मुलुक मात्र होइन सबै मुलुकको सँगसँगै विकास र समृद्धिका लागि बैकल्पिक प्रस्ताव हो। चीनले गरिरहेको अभूतपूर्व प्रगतिबाट लाभ लिन चाहने अरु मुलुकलाई अवसर र बाटो दिएको छ। सँगसँगै विकासबाट सामाजिक न्याय र समृद्धिसँगसँगै आर्थिक र राजनीतिक स्थायित्व पनि प्रदान गर्नेछ।
नेपाल यातायातको सञ्जालसँग जोडिनुपर्छ। विशेषगरी बहूआयामिक यातायातको सञ्जालसँग जोडिनु यतिबेला नेपालका लागि एकदमै महत्वपूर्ण छ। नेपाल भूपरिवेष्ठित देश हो। एउटै मात्र बन्दरगाहमा भर पर्नु परेको अवस्था छ। बन्दरगाहमा हुने विभिन्न किसिमका अवरोधहरु अथवा अरु विभिन्न राजनीतिक, आर्थिक, सामाजिक कारणबाट आउने अवरोधहरुबाट नेपाल सधैं आक्रान्त हुने गरेको छ। त्यस कारण नेपालले विकल्पको रुपमा बैकल्पिक यातायातको सञ्जालबाट बाहिरी विश्वसँग जोडिने कुरा महत्वपूर्ण छ। अहिले चीनसँग हस्ताक्षर गरेर बीआरआईमा सहभागी हुनु नेपालका लागि सबभन्दा ठूलो अवसर हो। चीनको रेल सञ्जाल विश्वव्यापी भएको छ। लण्डनदेखि लिएर. भ्यान्कुभरहुँदै हनोईसम्म यो रेलवे सञ्जाल जोडिएको छ। त्यो रेलवे जोडिएको सञ्जालसँग नेपाल जोडियो भने नेपालले विश्वसँग आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धहरु बढाउनका लागि एउटा ठूलै ढोका खुल्छ। पहिलो आवश्यकता यही हो। दोस्रो आवश्यकता हाम्रो उर्जा-श्रोतका लागि उर्जाको आदान-प्रदान त्यतिकै महत्वपूर्ण छ।

यो समाचार डाँफे टिभी डटकमले 2017-05-14 मा प्रकाशित गरेको थियो।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!