Loading... आजः शनिबार , श्रावण १२, २०८१

बीरगंज महानगरका मेयरका परिवारका दुई सहित थप ४५ जनामा कोरोना


वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शनिबार परीक्षण गर्दा १४ जना महिलासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भएअनुसार संक्रमितहरु ‘मास टेष्टिङ’ र ‘कन्ट्याक्ट ट्रेसिङ’बाट भेंटिएका हुन।

यसमा केहीजना सशुल्क पीसीआर गराएका ब्यक्ति पनि छन्। प्रयोगशालाबाट प्राप्त जानकारी अनुसार संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिकाका र सखुवा प्रसौनी र ठोरी गाउँपालिका एक–एक जनामा कोरोना संक्रमण देखिएको नागरिक अनलाइनले लेखेको छ।

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीको ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका उहाँको परिवारका दुई सदस्यसहित ६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। वीरगन्ज–४ विर्तास्थित कन्या माविबाट ‘मास टेस्टिङ्ग’को क्रममा संकलन गरिएका १ सय ४९ जनाको स्वाब परीक्षणमा १९ जनामा कोरोना संक्रमण आएको छ। यसमा ५ वर्षीया बालिकादेखि ६० वर्षका पुरुषसम्म छन्।

Insert your Ads code here

त्यसतै वीरगन्ज–११ श्रीपुरमा बिद्यापीठ उच्च माविबाट ‘मास टेस्टिङ्ग’को क्रममा संकलन गरिएका स्वाब परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमा १७ देखि ६२ बर्ष उमेरका ६ जना पुरुष। २९ देखि ६० बर्ष उमेरका ४ जना महिला छन्। त्यसैगरी वीरगन्ज पथलैया औद्यौगिक करिडोरस्थित एक फर्मास्युटिकल्स कम्पनीका ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। सशुल्क पीसीआर जाँच गराएका वीरगन्ज वडा नम्बर ३ छपकैया र ११ श्रीपुरका एक एक जना गरी दुई जना पुरुषमा पनि कोरोना देखिएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!