Loading... आजः शनिबार , श्रावण १२, २०८१

बुटवलमा साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव


बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव बुधबारदेखि सुरू भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५ को आयोजनामा सुरू भएको महोत्सवमा महिलाहरुले सञ्चालन गरेका उद्योगहरुको बजारीकराणका लागि टेवा पुर्‍याउने अपेक्षा लिइएको छ।

महोत्सव भित्र निर्माण भएका उत्कृष्ट स्थल यस महोत्सवको प्रमुख आर्कषण रहेको र यसले महिला उद्यमशिलता, लघु उद्यमशिलता तथा हस्तकलाका उत्पादित सामाग्रीहरुलाई प्रोत्साह नगर्दै उपभोभोक्ताहरुको रुचि, चाहना र आवश्यकतालाई उत्पादकहरुसम्म पुर्याउने नागरिकन्यूज डटमकले लेखेको छ।

चैत २ गते सम्म चल्ने मेलामा करिब ३ सय स्टलहरु छन्। महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिइएको महोत्सवले स्थानीय उत्पादनको दिगो बजारीकरणमा सहयोग पुर्याउने अपेक्षा समेत राखिएको छ। महोत्सवमा कृषि वनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन्।

पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुबाट उत्पादित वस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्री एवं वस्तुहरुको प्रर्दशनी लगायत रहेका छन्।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!