Loading... आजः मंगलबार , माघ १, २०८१

बुढीकुलालाई नहर बनाउन पहल गरियोस


लुम्बिनी प्रदेशको बर्दिया जिल्ला आफैमा पनि प्रकृतीको धनी र खाद्य बस्तु उत्पादन हुने प्रमुख जिल्ला हो । त्यस मध्येपनि उर्भर भुमि भएको विशेष राजापुर नगरपालिका र गेरुवागाउपालिका क्षेत्र लिने गरिन्छ । राज्यबाट पछाडी पारीएको र परेको शब्दले ब्याख्या हुने यस क्षेत्रको प्रमुख समस्या भनेको नै नहरको व्यवस्थापन हुन नसक्नु नै हो । १२ जिल्लालाई खाद्यय बस्तु उत्पादन गरी पाल्न सक्ने क्षमता लिएको यस पालिकामा किसान कृषकहरुले धेरै बर्ष देखी नै कुलाको भरमा खेतीपाती गदै आइरहेका छन् । २१ औ शताव्दीको परिवेशमा अहिले पनि यस क्षेत्रका जनता किसानहरुले उत्पादन वृद्धिका लागि प्रमुख स्रोत सिचाई गर्न कुला र केही बोरिङ्गकै भरमा बाध्य छन् ।
नेपाल सरकारले सिचाईको व्यवस्थापन गरी तथा कृषिलाई आधुनिकीकरण गदै देशलाई समृद्धितर्फ डोराउन करौडौ करौडो रकम नछुट्टाएको भने होइन तर यहाँपनि पहूचकै भरमा तिर रकमहरु बाडफाडहुने, आवश्यकता भएको ठाँउमा रकम नपुग्ने गरेको तितो सत्य नै छ भन्नुपर्छ । बर्दिया जिल्लालाई राम्रो तरीकाले सिचाई तथा कृषि औजार, मलखादको व्यवस्थापनगर्न सके ठूलो फट्को मार्न सक्ने विश्वास लिएको भएतापनि कुलाबाट आउने बालुवा, कहिले धेरै त कहीले सुख्खाहुनाले उत्पादनमा सोचेभन्दा कम उत्पादन हुने गरेको पाइन्छ ।
राजापुर र गेरुवा क्षेत्रको किसानहरुका लागि अब स्थानिय तहबाटै अब सयूक्तरुपमा नहर बनाउन पहलर्न जरुरीछ भने किसानहरुको लागि आवश्यक बाह्रै महिना मलखादको व्यवस्था, राजापुर लगायत बर्दियाको आठैवटा तहमा कृषि औजारको व्यवस्थापन गर्न कृषि सामाग्री सस्थाको स्थापना गर्न जरुरी देखिन्छ । अब देशको समृद्धि कृषिबाटको नारा नारामा मात्र सिमित नराखी व्यवहारमा पनि लागुगर्न जरुरी छ । भौरा टप्पा राजापुर गेरुवाका कृषकहरुका लागि कृषि बालीमा उत्पादन वृद्धि गराउन बुढिकुलालाई नहरमा परिणत गर्न जरुरी देखिन्छ निम्न वर्गका किसान देखी उच्च बर्गका किसानहरुको लागि चाहिने कृषि सामाग्री तथा मलखाद सिचाईको व्यवस्थापन गर्न सके उत्पादनमा बृद्धि हुने देश कृषिमा आत्मनिर्भरको बाटो तर्फ अगाडी बढ्ने थियो की ?

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!