Loading... आजः बुधबार , बैशाख ५, २०८१

बुद्धले खेल्ने ठाउँ तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल


बुद्धको क्रिडास्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउन विज्ञ विदेशी पुरातत्वविद्सहित नेपाली टोलीले यस वर्ष फेरि उत्खनन् थालेका छन्। तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन चार वर्र्षअघि नै युनेस्कोमा प्रस्तावित गरेको पुरातत्व विभागले जनाएको छ।

युनेस्को र जापानिज फन्ड इन ट्रस्टको सहयोगमा काम जारी राखिएको छ। बेलायतको दुर्हम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले मंगलबारदेखि विधिवतरुपमा कार्य सुरु गरेका हुन्। अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर पुरातात्विक मूल्य मान्यता अनुसार उत्खनन् थालिएको हो। टोलीले तिलौराकोट प्रवेश गर्नुका साथै प्राचीन सहरको झझल्को दिनेगरी उत्खनन् गर्ने बताएको छ। बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद तिलौराकोटमा टोलीले उत्खनन् गरिने सरोकारवालाबीच राखेको अन्तरक्रिया कार्यक्रममा विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो।

यही टोलीले तिलौराकोट र आसपासमा ६ वर्ष उत्खनन् कार्य गरेको थियो। उत्खनन् कार्य आगामी दुई महिनासम्म चल्नेछ। यस वर्ष तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्स, समयमाई मन्दिर, कन्थक स्तुपा, शिवगढ र तिलौराकोटको उत्तरतर्फको खाली ठाउमा उत्खनन् गनिरे कुँवरले बताउनुभयो। मध्य भागको सेन्ट्रल कम्प्लेक्सको पश्चिमी गेटको खोजी गरिने छ। यस्तै शिवगढ र तिलौराकोटको उत्तरबाहिर खाली ठाउमा रहेको स्थलमा पहिलो पटक उत्खनन् गर्न लागिएको हो।

Insert your Ads code here

वैज्ञानिक तवरबाट उत्खनन्, अन्वेषण, भूभौतिक सर्भे, फिल्ड बाकिङ सासोइकनोमिक सर्भे भिजिटर सर्भे गरी अध्ययन अनुसन्धान गरिने कुँवरको भनाइ छ। रिक्स मेपिङ, टोटल स्टेसन, अगरकिङ गरी अन्वेशषण गरिने छ। विभाग र कोषले सन् २०१२ देखि उत्खनन् र अनुसन्धानको कार्य थालेको थियो। अहिलेसम्मको अध्ययनले तिलौराकोटको पहिचान स्थापित गराउन धेरै मद्दत मिलेको पुरातत्व तथा उत्खनन् परियोजनाका सह संयोजक कोषप्रसाद आचार्यले बताउनुभयो।

तिलौराकोटमा बुद्धकालीन सयमभन्दा अघि एउटा सुन्दर सहर रहेको धमाधम प्रमाण फेला पर्नुलाई राम्रो संकेत मानिएको छ। उत्खनन् र अन्वेशणको आउने अन्तिम प्रतिवेदनले तिलौराकोटको ऐतिहासिकताको टुंगो लाग्ने छ।

सन् १९६२ मा भारतीय पुरातत्वविद् देवला मित्राले तिलौराकोटमा उत्खनन् गरी दोस्रो सताब्दीको सहर भएको प्रतिवेदनमा उल्लेख छ। विगत ६ वर्षको कार्यबाट तिलौराकोट प्राचीन सहर रहेको पुष्टि भएको छ।

उत्खनन्बाट तिलौराकोटको प्राचीन कालक्रम पत्ता लाग्ने र भित्र प्रवेश गर्नासाथ प्राचीन सहरको ऐहिासिक रुपरंग देख्न सकिने बताइएको छ। उपेक्षित रहेको तिलौराकोट अहिलेको उत्खनन् पछि प्राचीन सहरको झझल्को दिने गरी परिवर्तित हुने हुँदा यस क्षेत्रको विकासमा कोसेढुंगा सावित हुने उत्खनन्मा संलग्न युनेस्को कन्स्ल्टयान्ट तथा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताउनुभयो। नागरिकन्यूज डटकमका अनुसार उत्खनन् टोलीमा दुर्हम विश्वविद्यालयका १२, पुरातत्वविद् २, पुरातत्व विभागका ५ र लुम्बिनी विकास कोषका पाँच गरी २० जना रहेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!