Loading... आजः शनिबार , श्रावण १२, २०८१

बुद्ध एयरकाे नेपालगन्ज–पोखरा उडान सुरु


पहिलो चरणमा सातामा तीन दिन (आइतबार, बुधबार र शुक्रबार) १८ सिट क्षमताका जहाजबाट उडान सञ्चालन हुने तालिका बनाइएको छ । कोरोनाको महामारीमा कमी आएर सीमा नाका सहज बनेर यात्रुको चाप बढ्दै गएमा ठूला जहाजबाट दैनिक उडान संख्या थप्ने योजना रहेको बुद्ध एयर नेपालगन्जका स्टेसन म्यानेजर विनित शाहले बताए ।
नेपालगन्ज-पोखरा उडान सञ्चालनका लागि नाटा बाँकेको पहलमा गत फागुन ७ गते सीता एयरको नाइन एन–एएचआर चार्टर विमान पोखरा उडेको थियो । अहिले बुद्ध एयरले सातामा ३ दिन उडान सञ्चा-लन गरेपछि विश्वका विभिन्न देशबाट पोखरा आएका पर्यटक सिधै बाँके बर्दिया घुम्न आउने भएकोले यहाँको पर्यटन क्षेत्रको विकास हुने नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
नेपालगन्जपोखरा उडान सञ्चालनमा आएसँगै कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र फस्टाउने आशा पलाएको छ । नेपालगन्ज-पोखरा उडान सञ्चालनमा आएसँगै पश्चिम क्षेत्रका आन्तरिक पर्यटकका साथै खासगरी भारतीय पर्यटकहरु भित्रिन सहज हुनेछ । यसले नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!