Loading... आजः शनिबार , श्रावण १२, २०८१

बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन:


भारतीय विदेश मन्त्रालयका प्रवक्ता
बुद्धभूमिबारे भारतीय विदेशमन्त्री एस. जयशंकरले दिएको अभिव्यक्तिको भारतीय विदेश मन्त्रालयले खण्डन गरेको छ।

सञ्चारमाध्यमको जिज्ञासाको सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारे। ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन,’ संक्षिप्त उत्तरमा श्रीवास्तवले भनेका छन्, ‘जुन नेपालमा पर्छ।’

शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्वारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नै विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै द्विविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताइसकेको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!